अज्ञात बन्दुकधारीहरुको आक्रमणमा परी इराकमा २६ प्रहरीको मृत्यु भएको छ ।
इराकको पश्चिमी शहर हदीतामा सेनाको पोशाकमा आएका अज्ञात बन्दुकधारीहरुले प्रहरी चौकीमा प्रवेश गरी अन्धाधुन्ध गोली प्रहार गरेर २६ प्रहरीको हत्या गरेका हुन् ।
साथै उनीहरुले दु्इ जना बरिष्ठ प्रहरी अधिकृतहरुलाई अपहरण गरी अज्ञातस्थलतर्फ लगेको ईराकी अधिकारीहरुले जनाएका छन् । गोली प्रहार लगत्तै बन्दुकधारीहरु अज्ञातस्थलतर्फ लागेको जनाइएको छ ।
आतंकबादी सन्जाल अलकायदाको प्रभाव रहेको हदीता शहरमा २६ प्रहरीको हत्या गरिएको घटनाबारे छानविन शुरु गरिएको छ । घटनामा अलकायदा सम्वद्धहरु रहेको आशंका गरिएको छ ।