काठमाडौ, फाल्गुन २३ – फेब्रुअरीको आयातले पनि सरकारको गएगुज्रेको व्यवस्थापन प्रस्ट्याउँछ । फेब्रुअरीमा हालसम्मकै उच्च ग्यास आयात भयो । महिनामा १६ हजार टन भए पुग्ने नेपाली बजारका लागि यस महिनामा मात्रै १७ हजार ५ सय २९ टन ल्याइयो । आयातित ग्यास सिलिन्डरमा भरेर तीन दिनभित्र बजार पुर्याउन सकिन्छ । तर पनि अभाव जारी छ । खाना पकाउने ग्यास दुई महिनायता सर्वाधिक खोजिएको वस्तु बनेको छ । प्रधानमन्त्री बाबुराम भट्टराईले सर्वसाधारणका गुनासा सुन्न सुरु गरेको ुहेलो सरकारु को तथ्यांकले त्यसै भन्छ । हेलो सरकारमा ग्यास नपाएको गुनासो गर्दै फोन गर्नेको संख्या पाँच सय पुगेको छ । आपूर्ति मन्त्रालयसँग सम्बन्धित परेका उजुरी र गुनासाको करिब ८८ प्रतिशत ग्याससँग सम्बन्धित छन् । ुडेढ महिनायता ग्याससम्बन्धी उजुरीको संख्या बढेको छ,ु प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव लीलामणि पौडेलले भने । हेलो सरकारका उपसचिव अञ्जन मिश्रका अनुसार डेढ महिनायता ग्याससम्बन्धी उजुरी ह्वात्तै बढेको हो । ुकुल ९ हजार २ सय १३ मध्ये ५ सय ६७ उजुरी र गुनासा वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित छन्,ु उनले भने, ुतीमध्ये ग्याससँग सम्बन्धित उजुरी र गुनासा मात्र पाँच सय छन् ।ु यो संख्यामा सर्वसाधारणले दिएको सुझाव भने समेटिएको छैन । उजुरी र गुनासा गर्नेमा सर्वसाधारणदेखि व्यवसायीसम्म छन् । सर्वसाधारणले सरकारसँग मूल्य बढाउँदा पनि ग्यास नपाइएकामा निकै चित्त दुखाएका छन् । ुमूल्यवृद्धि जति गर्नु छ गर्नुहोस् । यही हो राहत,ु एक सर्वसाधारणले हेलो सरकारलाई व्यंग्य गर्दै भनेका छन् । त्यस्तै, एक ग्यास बिक्रेताको उजुरीमा लेखिएको छ, ुमलाई हिमाल ग्यास नदिइएको दुई महिना भयो । त्यहाँ छापा मार्नु पर्यो ।ु सम्भवतः त्यही उजुरीका आधारमा आपूर्तिमन्त्री लेखराज भट्टले बनेपास्थित हिमाल ग्यासमा छापा मारे । कालाबजारी गरेको पाएपछि उक्त कम्पनीलाई आयल निगमले ग्यास दिन रोकेको छ । सञ्चालकमाथि छानबिन भइरहेको छ । ुकुन ग्यास कहाँरकहिलेदेखि वितरण हुन्छ, किन ग्यास नपाएको जस्तादेखि मूल्यवृद्धि फिर्ता गर्नुपर्यो भन्ने जस्ता उजुरी र गुनासा आउँछन्,ु उपसचिव मिश्र भन्छन्, ुतीमध्ये धेरैजसो उजुरी ग्यास चाहियो भन्ने छन् ।ु सर्वसाधारण र व्यावसायिक उपभोक्ताले भविष्यमा हुने सम्भावित अभाव टार्न सञ्चय गर्दा र ग्यास व्यवसायीले नाफाका लागि कालोबजारी गर्दा कृत्रिम अभाव भएको हो । मन्त्री भट्टको अनुगमनले व्यावसायिक उपभोक्ता र सर्वसाधारणले ग्यास सञ्चय गरेको फेला पारेको छ । तर त्यो पनि व्यापक र प्रभावकारी रूपमा हुन सकेन । ुहामीले उपभोक्तालाई भनेकै बेला ग्यास उपलब्ध हुन्छ भन्ने आश्वस्त पार्न सकेनौं,ु वाणिज्य मन्त्रालयका सहायक प्रवक्ता दीपकराज पाण्डेले भने, ुत्यसकारण उपभोक्तामा ग्यास सञ्चय गर्ने प्रवृति देखा पर्यो, जसले गर्दा अभाव सिर्जना भयो ।ु फेब्रुअरीको आयातले पनि सरकारको गएगुज्रेको व्यवस्थापन प्रस्ट्याउँछ । फेब्रुअरीमा हालसम्मकै उच्च ग्यास आयात भयो । महिनामा १६ हजार टन भए पुग्ने नेपाली बजारका लागि यस महिनामा मात्रै १७ हजार ५ सय २९ टन ल्याइयो । आयातित ग्यास सिलिन्डरमा भरेर तीन दिनभित्र बजार पुर्याउन सकिन्छ । तर पनि अभाव जारी छ । कहाँ गयो त ग्यास रु सर्वसाधारण र व्यवसायी दुवैले बढी सञ्चय गर्न थालेकाले बजारमा अभाव भएको हो । ुग्यास आइरहेको छ र हामीले बजार पठाइरहेका छौं,ु एलपी ग्यास उद्योग संघका अध्यक्ष हरि पाठकले भने, ुतर उपभोक्ताले ठूलो परिमाणमा होल्ड गरेको मैले पनि भेटेको छु । त्यही कारण अभाव भएको हो ।ु सहायक प्रवक्ता पाण्डेका अनुसार लोडसेडिङ बढेपछि व्यवसायीले ग्यासबाट जेनेरेटर चलाउन थालेका छन् । यसले अभाव चर्काउन सघाएको छ । ुम आफैंले फोटो स्टुडियोलगायत व्यवसायीले ग्यास जेनेरेटर प्रयोग गरेको भेटेको छु,ु उनले भने । आयल निगमले गत नोभेम्बर ९असोज-कात्तिक० मा १६ हजार ४ सय टन ग्यास आयात गरेको थियो । उक्त परिमाण त्यस अवधिसम्मकै उच्च हो । तर त्यसयता आर्थिक अभावका कारण भारतीय आयल निगम ९आईओसी० ले कटौती सुरु गर्यो । जनवरी ९पुस १७- माघ १७० मा आइपुग्दा निगमले कुल मागको करिब ७२ प्रतिशत अर्थात् ११ हजार ६ सय टन मात्र ल्याउन सक्यो । त्यही अवधिमा व्यवसायीले कालोबजारी गरेपछि चरम अभाव भयो । अहिले आयात बढिसकेको छ तर सर्वसाधारणले पाएका छैनन् ।