तरकारी खेतीको परिचय महत्व र आवश्यकता


 

– कृष्ण भट्टराई
खाचिकोट ५ फुदबाङ्ग
हाल
कृषि बिज्ञान संस्थान
बनारस हिन्दु विश्वविद्यालय बनारस भारत


परिचय: नेपाल एउटा कृषि प्रद्धान देश हो । यस देशमा बर्षौं पहिले देखिनै स्थानीय जातका विभिन्न  प्रकारका तरकारीहरुको खेती गिरंदै आएको पाईन्छ ।  मानिसको शारिरिक मानसिक तथा बौद्धिक बृद्धि विकासको लागी आवश्यक पर्ने एक महत्वपूर्ण खाद्यवस्तू हो । विकासको व्रुमसंगै कुनै न कुनै रुपमा तरकारीको उपभोग हुदै आएको पाइन्छ । तापनि यसको आवश्यकता तथा महत्वको पहिचान गरी तरकारीलाई पनि हाम्रो दैनिक खानाको अत्यावश्यक वस्तुको रुपमा समावेश गर्ने चलन भने सामाजिक परिवर्तन संगै विकसित हुदै आएको हो । सुरुमा प्राकृतिक रुपमा यत्रतत्र पाइने वस्तुहरुलाई तरकारीको रुपमा उपभोग गर्ने गरिएतापनि आवश्यकता उपलव्धता र सम्भाव्यता अनुसार त्यस्ता वस्तुहरुको छनौट र विकास गरि व्यवस्थित रुपमा खेतीपाती गर्ने परिपाटी बस्दै गयो ।


तरकारिमा मानिसलाई आवश्यक पर्ने पोष्टिक तत्वहरु जस्तै कार्वोहाइड्रेड प्रोटिन चिल्लो पदार्थ खनिज पदार्थ भिटामिन पाउन सकिन्छ । तरकारी हामीले विहान बेलूकाको खाना तथा दिउसोको खाजा जस्तै भात रोटी आटोढिडोमा मिसाएर खानको लागी प्रयोगमा ल्याउछौं । विगतमा मानव वस्ती तथा जनसंख्या थोरै थियो । जंगलमा प्रशस्त मात्रमा फलफूल कन्दमूल तथा जंगली जनावर पाईने हुदा त्यो समयमा खासै खाद्य वस्तूको अभाव थिएन । कालन्तरमा दिन प्रति दिन जनसंख्याको बढ्दो क्रममा सिमित साधन र स्रोतबाट मानवलाई आवश्यक पर्ने सबै किसिमका माग ईच्छा तथा आकांक्षा पूरा गर्न विकल्पको सिलसीला मा तरकारी खेती एक शसक्त मेरुडण्डको रुपमा खडा भएको देखिन्छ । हुनत शुरुमा तरकारीबाट प्राप्त हुने पोषण तत्वको जानकारीको अभावले यस पेशामा मानिसहरु आकर्षित हुन सकिरहेका थिएन तर विस्तारै विस्तारै चेतनाको अभिबृद्धि एवं आय आर्जन गर्न सकिने यस व्यवसायमा रुपान्तरण हुन थाले पछि आज के शहर के गाँउ सबै ठाँउका कृषकहरु यस पेशामा आकर्षित हुदै गएको स्पष्ट देख्न सकिन्छ । व्यवस्थित वैज्ञानिक र उन्नत तरकारी खेती प्रविधि अपनाएर शहर गाँउघर सबै ठाँउमा हावापानी सूहाँउदो तरकारीका जातहरु लगाएर व्यवसायिक खेतीमा कयौ कृषकहरु आवद्ध भई सकेका छन । तरकारी एक छिठै सडने तथा गल्ने खाद्य वस्तु भएको हुदाँ यसको ढुवाँनी तथा भण्डारणमा विशेष होसियारी अपनाउनू पर्ने देखिन्छ । वर्तमान अवस्थामा तरकारी एउटा नगँदे बालीको रुपमा रहेको छ भने मानव शरीर लाई आवश्यक पर्ने विभिन्न प्रकारका पौष्टिक तत्वहरुको सस्तो श्रोत हो भन्ने जनचेतनामा पनि विकास हुंदै गईरहेको छ । बढदो जनसंख्या शहरीकरण तथा जन चेतनाको विकासको संगसँगै तरकारीको माग वढ्दै गएकोले हाल आएर तरकारीको उत्पादन र उपभोगमा पनि वृद्धि भएको पाईन्छ ।

 

ठूला शहरहरुको वरिपरि स साना बजार विकास हुँदै गरेका क्षेत्र वरिपरि र राजमार्गको छेउछाउका सम्भाव्य स्थानहरुमा तरकारीका उत्पादन क्षेत्र विकासहुँदै गईरहेको छ भने हाल उत्पादन भई रहेको तरकारी प्रयाप्त मात्रामा नभएकोले अझै उत्पादन क्षेत्रमा वृद्धि गर्नु पर्ने आवश्यक देखिन्छ । खाद्यान्न बालीहरु भन्दा तरकारी बाली वाट बढी आर्थिक फाईदा लिन सकिने र सम्भावित कुपोषणको समस्या वाट पनि मुक्ति पाईने भएकोले तरकारी उत्पादन गर्नु उपयुक्त हुन्छ । वर्तमान अवस्थामा तरकारी एउटा नगदे बालीको रुपमा रहेको छ भने मानव शरीर लाई आवश्यक पर्ने विभिन्न प्रकारका पौष्टिक तत्वहरुको सस्तो श्रोत हो भन्ने जनचेतनामा पनि विकास हुंदै गईरहेको छ ।


मानव शरीरको स्वस्थरुपमा विकास हुन विभिन्न पौष्टिक तत्वहरु आवश्यक पर्दछन् । यी तत्वहरु मानिसले मासु दूध दही अण्डा एवं फलफूल तरकारी वाट प्राप्त गर्न सक्दछन् । तर सामान्य व्यक्तिले यी सवै खाद्य परिकार जुटाउन उसको क्रय शक्तिले धान्न नसक्ने हुनाले तरकारी यस्तो खाद्य पदार्थ हो जसमा अरु खाद्य पदार्थ भन्दा सस्तोमा सवै जसो पौष्टिक पदार्थहरु प्राप्त गर्न सकिन्छ ।


तरकारी खेती महत्व:


आर्थिक महत्वः आधुनिक तरकारी  खेतीवाट बजार मुग अनुसार व्यवसायीक रुपमा तरकारी उत्पादन गरी  कमाई गर्न सकिन्छ । त्यसवाट घर व्यवहारमा सुविधा हुनाको साथै आर्थिक रुपमा समेत सम्बृद्ध हुन सकिन्छ । घर परिवारको दैनिक खाना संग आवश्यक पर्ने तरकारी किन्न नपर्ने हुदा दैनिक रुपमा  पैसा को बचत हुन्छ । हाम्रो परिबर लाई आवश्यक पर्ने तरकारी आपूर्ति गरिन्छ भने सो आवस्यकता भन्दा वढी भएको तरकारी बजारमा विकि्र वितरण गरेर आय आर्जन गर्न सकिन्छ । उत्पादन गरिएको ताजा तरकारी बजारमा पुर् याउने वित्तिकै विकि्र गर्न सकिने भएकोले यसलाई एउटा नगदे वालीको रुपमा लिईन्छ जस वाट कृषक परिवारको आर्थिक स्थितीमा सुधार गर्न सकिन्छ । 

-खाद्यान्न वालीको तुलनामा ५देखि १० गूना बढी उत्पादन दिने

– खाद्यान्न वालीको तुलनामा २ देखि ४ गूना बढी मूल्य पर्ने

यसको उत्पादन तथा विकि्रवितरणमा ज्यामी बढी खपत भई केही हद सम्म भएपनि रोजगारीको अवसर सृजना हुने ।

 

पौष्टिक महत्वः


तरकारी उत्पादनवाट आफ्नो परिवार समुदाय र सम्पूर्ण समाजमा नै सन्तुलित आहार-विहारमा दरिलो सेवा टेवा पुर् याउन सकिन्छ । तरकारी मानवको शारिरिक मानसिक तथा बौद्धिक बृद्धि विकासको लागी आवश्यक पर्ने एक महत्वपूर्ण खाद्यवस्तू हो । जसमा मानिसलाई आवश्यक पर्ने पोष्टिक तत्वहरु जस्तै कार्वोहाइडडेड प्रोटिन चिल्लो पदार्थ खनिज पदार्थ भिटामिन पाउन सकिन्छ ।


साधारणतया एकजना वयस्क मानिसको शारिरिक संरचना एव स्वस्थ्य बलियो र तन्दूरत रहनको लागि निम्न अनूपातमा विभिन्न पोषण तत्वहरु रहेको हून्छन् ।प्रति ब्यक्ति प्रति दिन

 

पौष्टिक तत्व

 एकाईपोषण तत्व
  निरोगी बन्न् तरकारी आबश्यक


कार्वोहाडेड 

 १ यूनिट
 ५०० देखी १००० ग्राम


प्रोटिन  

 १७ यूनिट
 ५० देखि ५५ ग्राम


चिल्लो पदार्थ 
 १३ यूनिट

 २० देखि  ५०ग्राम


खनिज पदार्थ 
 ६ यूनिट
 ४०० देखि५०० मिलिग्राम


पानी 

 ६३ यूनिट

 २ देखि ६ लिटर


भिटामिन 

 केही मात्रामा
 ३०००देखि ४००० माइक्रोग्राम

 २०देखि ३०  मिलीग्राम
 ५० देखि६० मिलीग्राम
हुनत मान्छेको काम प्रकृति उमेर तथा अवस्था अनुसार पोष्टिक तत्वको घटबढ हुनसक्छ । तापनी साधारणतया मान्छेलाई स्वस्थ्य रहन शरिर बलियो एवं निरोगी बनाउन र रोगबाट वचावट गर्न दैनिक सरदर निम्न माथिको पोष्टिक तत्व तथा तरकारीको आवश्यक पर्दछ ।
भिटामिन ए को काम  :आखा तेजिलो बनाउने रतन्धो रोगबाट बचाउने छाला नरम तथा चिल्लो बनाउने र विभिन्न रोगबाट बचाउने गर्दछ ।
भिटामिन वि को काम :शरिरको बृद्धि विकासमा सहयोग पूर् याउने तन्दुरुस्ती र सन्तान उत्पादनको लागी मद्धत पूर् याउने  बेरि बेरि रोग बाट बचाउछ ।
भिटामिन सि को काम :यसको कमिलेगिजाबाट रगत आउने घाउ खटिरा आउने ओठ  फूटने दात कमजोर हूने स्कर्भी रोग बाट बचाउछ ।
कार्वोहाइड्रेडको काम  :शक्ति प्रदान गर्ने
प्रोटिनको काम  : कोषको निमार्ण एवं बृद्धि विकसमा भुमिका निर्वाह गर्दछ ।
खनिज प्रदार्थ: मानब शरिर मा चहीने क्यालसियम आइरन पोटासियम र फासफोरस हुदा बृद्धी बिकास मा टेवा पुग्दछ ।


सामाजिक महत्वः


तरकारी सहितको विभिन्न परिकार आफ्नो दैनिक खानामा प्रयोग गर्ने परिवार र त्यसको परिकार आफ्नै खेतवारीमा उव्जाउनेलाई सामाजिक मर्यादाका हिसावले पनि उच्चस्तरमा लिइने प्रचलन छ । यसरी तरकारी व्यवसायवाट आफ्नो परिवार र समाजको आवश्यकता पूर्ति गर्दै कृषि पेशालाई नै मर्यादित तुल्याउन प्रर्याप्त यॊगदान पुर् याउनमा सवैको ध्यान जानु जरुरी छ ।


शैक्षिक महत्वः


घरपरिवारका सदस्यहरु खासगरी वाल वालिकाहरुलाई कृषि व्यवसाय सम्वन्धि ज्ञान र सिप सिकाउन र पैष्टिक तत्वको बारेमा सिक्नु  अत्यन्त जरुरि छ । उनिहरुले मनोरन्जनका साथ खेती प्रविधि सम्वन्धि ज्ञान शिप हासिल गर्न सक्दछ ।

 

स्वास्थ्य वर्धकः
घर परिवारमा वचेको समय समेत सदुपयोग हुनाको साथै नियमित रुपमा हल्का काम गर्ने वाली वसाल्नाले  शरिरक  तथा मानसिक रुपमा  वृद्धि विकास हुन्छ । दिन दिनै हल्का खेतबारिमा काम गर्न र्ले बिभिन्न रोगको सिकार बाट बचन सकिन्छ यस प्रकारले तरकारी खेती स्वास्थ्यवद्र्धक  महत्व लिएको छ ।


अन्य महत्व:


यस प्रकार हाम्रो शरीरलाई चाहिने पोषक तत्वहरु उपलव्ध गराउने हिसावले तरकारी हाम्रो दैनिक खानाको अभिन्न वस्तु हो भन्ने कुरा हामी सवैले वुझ्नुपर्दछ । आफै उव्जाउने वा उव्जाउन न