ब्राजिलमा ट्रक चालकको हडतालका कारण त्यहाँको यातायात प्रभावित बनेको छ । ब्राजीलको मुख्य शहरहरुमा ट्रक चलाउन रोक लगाईएको भन्दै ब्राजिलका ट्रक चालकहरुले आमहडतालको आब्हन गरेका हुन् ।
ब्राजिल सरकारले मुख्य शहरमा ट्रककै कारण ट्राफिक जाम हुने गरेकोले शहरहरुमा ट्रक लैजान नपाउने नयाँ नियम लागू गरको छ।
नयाँ नियम लागू भएलगत्तै सम्पूर्ण ट्रक चालकहरु आन्दोलनमा उत्रेका हुन् । उनीहरुले नयाँ नियम अनुसार लामो दूरी प्रयोग गरी गन्तब्यतर्फ लाग्दा समयको बरबादीका साथै पेट्रोलको खपत बढी हुने बताएका छन् ।
हडतालको दोश्रो दिन ब्राजिलको राजधानी साओ पाउलोमा ट्रक तेर्साएर उनीहरुले बिरोध गरेपछी निजी तथा सार्वजनिक यातायात नचल्दा त्यहाँको जनजीवन प्रभावित बनेको हो ।