जर्मनी लगायत संघ सुरक्षा परिषदका पाँच सदस्य राष्ट्रहरु ईरानसंग वार्ता गर्न तयार

जर्मनी लगायत संयुक्त राष्ट्र संघ सुरक्षा परिषदका पाँच सदस्य राष्ट्रहरु ईरानको परमाणु कार्यक्रमका बिषयमा दोश्रो चरणको छलफल गर्न इरान जाने भएको छ ।

 

एक बर्षदेखि वार्ताका क्रममा रहेका यी सदस्य राष्ट्रहरु ईरानसंग वार्ता गर्न तयार भएको हो । इरानको परमाणु कार्यक्रमका बिषयलाई लिएर अमेरिकी राष्ट्रपति बाराक ओबामाले ईरानको परमाणु कार्यक्रमको समस्या कुटनितीक पहलका साथ समाप्त नपारे ईरानले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी पुन दोहर्याउनुभएको छ ।

 

ओबामाले ईरानमाथि बल प्रयोग गर्ने बताउँदै यसका लागि तयार रहन ईरानलाई चेतावनी समेत दिनुभएको छ ।

 

अमेरिकाको चेतावनीको कुनै परवाह नभएको भन्दै ईरानी राष्ट्रपति मोहमद अहमदिनेजादले आफनो देशको परमाणु कार्यक्रम कुनै पनि हालतमा बन्द नगर्ने अठोट लिएका छन् ।