राष्ट्रपति निकोलस सार्कोजीद्धारा फ्रान्सका प्रवेश गरेका बिदेशीहरुको संख्या अत्यधिक भएको भनाई

फ्रान्सका राष्ट्रपति निकोलस सार्कोजीले फ्रान्सका प्रवेश गरेका बिदेशीहरुको संख्या अत्यधिक भएकाले बिदेशीहरुको आगमन र बसोबाससम्बन्धी नयाँ योजना लागू गर्नुपर्ने बताउनुभएको छ ।

 

फ्रान्सेली टेलिभिजनसंगको कुराकानीमा सार्कोजीले फ्रान्समा बिदेशीहरुको प्रवेश ब्यबस्था फितलो भएका कारण पनि अत्यधिक बिदेशी नागरिकहरु रहेको तर्क गर्नुभयो । आफू दोश्रो कार्यकालका लागि राष्ट्रपति बनेमा बिदेशीहरुको लागि दिईने भिसामा ब्यापक कटौती गरिने पनि उहांले स्पष्ट पार्नुभएको छ ।

 

अरु मुलुकको दाँजोमा फ्रान्स भ्रमणका लागि दिईने भिसा प्रक्रिया निकै फितलो भएको उहाँको भनाई छ । नयां योजना सार्वजनिक गरे पनि आगामी चुनावसम्बन्धी प्रारम्भिक मत सर्वेक्षणमा सार्कोजीको लोकप्रियता निकै घटेको देखिएको छ ।