रङैरङको पर्व फागू पूर्णिमा – होली अर्घाखाँचीमा

सन्धिखर्क, अर्घाखाँची । रङैरङको पर्व फागू पूर्णिमा अर्घाखाँचीको नगरपालिका सन्धिखर्क लगायत सबै गाबिसका गाउँ बस्तीहरुमा एक अर्कालाई रंग अविर लगाएर हर्षोल्लासका साथ होली पर्व मनाईदै छ । काठमाडौं उपत्यका र पहाडी जिल्लाहरुमा आज मनाईदै छ भने  तराईमा भने होली पर्व भोलि मनाईन्छ ।

 


 

अर्घाखाँचीका बिभिन्न ठाउँहरुमा बच्चा बच्ची देखी, युवायुवती, ब् द्दहरु सम्मले होली खेलेका देखिथ्यो। यसैगरी हिजो राती जिल्लाभर चिर पोलेका देखिन्थ्ये।

 


 

बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको सन्देश बोकेको फागु पर्व अर्थात हाली धुमधामका साथ मनाइन्छ । रंगको यस पर्वमा युवा युवतीदेखि सबै उमेर समूहका व्यक्ति सहभागी हुने गर्छन् ।

 


 

धार्मिक मान्यताअनुसार, दैत्यराज हिरण्यकश्यपुले आफ्ना छोरा प्रह्लादलाई मार्ने उद्देश्यले ब्रम्हाबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाएका थिए । तर आगोमा होलिका आफैं भष्म भइन् बिष्णुभक्त प्रह्लादलाई आगोले छोएन । त्यसै बेलादेखि हिन्दु धर्मावलम्बीहरु आसुरी शक्तिमाथि ईश्वरी शक्तिको विजयका रुपमा यो पर्व मनाउने गर्दछन् । राम्रो तरिकाले तयार पारिएका रंग र अबिर खेल्दा छालाको रोग समेत निको हुने आयुर्बेदमा उल्लेख छ ।

 

 

 

तराईमा मिथिलाको पौराणिक एवं ऐतिहासिक मध्यमा परिक्रमा सम्पन्न भएको भोलिपल्ट होली मनाइने चलन छ ।

 

उता अर्घाखाँचीडट्कमका समाचारदाताका अनुसार फागू पुर्णिमाको अवसरमा उछृङ्खल गतिविधि हुन नदिन र पर्वलाई स्वच्छ मनोरञ्जनपूर्ण बनाउने उद्धेश्यले राजधानीमा मात्रै २२ सय प्रहरी परिचालन गरिएको छ । यस्तै ३ सय सादा पोशाकका प्रहरी पनि परिचालन गरिने भएको छ । फागू पुर्णिमाको अवसरमा जबर्जस्ती लोला हान्ने र इच्छा विपरित रङ्ग दल्ने विरुद्ध सार्वजनिक मुद्धा चलाइने पनि प्रहरीले बताएको छ । फागू पुर्णिमाको अघिल्लो दिन हजिोसम्म जबर्जस्ती लोला हान्ने ५३ जनालाई नियन्त्रणमा लिइएको प्रहरीलजे जनाएको छ ।




फागूको अवसरमा हुनसक्ने अबाञ्छित गतिविधिलाई मध्यनजर गर्दै उपत्यकालाई चार वटा सेक्टरमा विभाजन गरी सुरक्षा व्यवस्था कडा पारिएको पनि प्रहरीले बताएको छ । प्रहरीले अघिल्ला बर्षहरुको तुलनामा यस पटक फागू अघि नै लोला हान्ने प्रवृत्ति निकै घटेको दाबी पनि गरेको छ ।

 


 



अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.