अस्पताल निर्माणार्थ श्रीमद्भागबत ज्ञान महायज्ञ वाङ्ला मथुरामा शुरु

– प्रेमनारायण आचार्य

 

अर्घाखाँची २४ फागुन । अर्घाखाँचीको वाङ्ला मथुरामा सहकारी अस्पताल  निर्माणका लागि एक हप्ते श्रीमद्भागबत ज्ञान महायज्ञ आज देखि शुरु  भएको छ । 


   अस्पताल निर्माणार्थ एक हप्ते श्रीमद्भागबत  ज्ञान महायज्ञ शुरु  भएको हो । महायज्ञमा बाचन शिरोमणी दिनबन्धु पोख्रेलले कथा बाचन गर्नु  हुनेछ । 


 ऐतिहासिक तथा धार्मिक स्थल गोपेश्र पीठ मथुराभाममा सहकारी अस्पताल निर्माण कृषि क्याम्पसको पुर्बाधार निर्माण  बृद्धाश्रम निर्माण गोपेशर पीठको संरक्षण गर्न महायज्ञ आयोजना गरिएको श्रीमद ज्ञानमहायज्ञ मुल आयोजक समितिका संयोजक डाक्टर रामबहादुर बिसीले बताउनु भयो । 


   उद्घाटन समारोह बयोबृद्ध कृष्णनन्द भुसालको प्रमुख आतीथ्यता पंडित दिनबन्धु पोख्रेल र स्थानीय बिकास मन्त्री टोपबहादुर रायमाझिको बिशेस आतीथ्यतामा सम्पन्न भएको थियो ।


  कार्यक्रममा काग्रेसका बरिष्ठ नेता तथा पुर्ब मन्त्रि ढुण्डीराज शास्त्री काग्रेसका केन्द्रिय सदस्य मानबहादुर बिक माओबादीका केन्द्यि सल्लाहकार राजु नेपाली जिल्ला ईन्चार्जं चन्द्रबहादुर खड्का काग्रेसका जिल्ला सभापति कमलप्रसाद भुसाल सचिब बासुदेब आचार्य कोषाध्यक्ष हरिबहादुर खड्का काग्रेसका पुर्ब जिल्ला सभापति पिताम्बर शर्मा  जिल्ला सदस्य तथा महाधिबेसन प्रतिनिधि बिष्णुप्रसाद खनाल मुस्कान काग्रेसका कमल बिक क्षेत्रिय सचिब हेमन्त बेल्बासे प्रेस युनियनका अध्यक्ष सुर्यप्रसाद भुसाल पत्रकार बिरेन्द् केसी लगायतको उपस्थिति रहेको थियो ।

 

 कार्यक्रममा स्थानीय बिकास मन्त्रि टोपबहादुर रायमाझीले नेपाल सरकारको तर्फबाट महायज्ञको लागि २५ लाख रुपिया आर्थिक सहयोग गर्नु भएको छ  ।


 कार्यक्रम महायज्ञ मुल आयोजक समितिका अध्यक्ष डा. रामबहादुर बिसीको अध्यक्षता उपाध्यक्ष हिम्मत टण्डन को स्वागत मन्तबय र बिनोद आचार्यको संचालनमा सम्पन्न भएको थियो ।

 



अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.