वाङ्गलाको मथुरावेशीमा महायज्ञ: यही सरकारले नै शान्ति र संविधान पुरा गर्ने मन्त्री टोपबहादुर रायमाझीको भनाई

– वीरेन्द्र केसी


अर्घाखाँची – स्थानीय विकास मन्त्री टोपबहादुर रायमाझीले बाबुराम भट्टराई नेतृत्वको सरकारले नै शान्ति प्रकि्रया र संविधान निर्माणका काम पुरा गर्ने बताए । सरकारले आफनो तर्फबाट बृहत रुपमा गृहकार्य गरिरहेकाले जनताको अपेक्षलाई पुरा गर्ने दावी गरे ।


वाङ्गलाको मथुरावेशीमा सहकारी अस्पताल निर्माण र कृषि कलेज स्थापनार्थ संचालन गरिएको महायज्ञलाई सम्बोधन गर्दै माओवादी स्थायी समिति सचिवालय सदस्य समेत रहेको रायमाझीले जेठ १४ भित्र नै सबै काम पुरा गर्ने तयारीमा सरकार रहेको बताए । अहिले देश भद्रगोलको अवस्थामा छ पार्टी-पार्टी बीचमा झगडा पार्टी भित्रै गुटउपगुटमा झगडा अझै नभएर माओवादीमा त झगडाको महाभारत नै भएको छ यो भद्रगोलमा गोल हानेर शान्ति र संविधानका काम पुरा गर्छु उनले भने चैत भित्रमा सेना समायोजन र शान्ति प्रकि्रयाका काम पुरा हुन्छ र जेठ १४ भित्र संविधान निर्माणका काम पुरा हुन्छ । उनले काग्रेस एमालेलाई विरोधमा विरोध मात्रै नगरेर भरसक यही सरकारलाई राष्ट्रिय सहमतीको सरकार बनाऔं नभए बाबुरामकै नेतृत्वमा राष्ट्रिय सहमतीको सरकार बनाऔं सबै दलहरु बसेर सहमतीका साथ एक ढिक्का भएर लाग्नुपर्ने बेलामा खाली सरकार ढाल्ने र गिराउने खेलले शान्ति र संविधानका काम पुरा हुन नसक्ने भएकाले सरकारको विकल्प भन्दा पनि शान्ति र संविधानका लागि जोड दिनुपर्ने बेला आएको बताए । 

 
कार्यक्रममा काग्रेस केन्द्रिय सदस्य तथा पुर्व मन्त्री मान बहादुर विश्वकर्माले शान्ति र संविधानको लागि माओवादी बाधक रहेको बताए । उनले राष्ट्रिय सहमती नभई शान्ति र संविधानका काम पुरा हुन नसक्ने दावी गरे । कार्यक्रममा काग्रेस नेता एव पुर्वमन्त्री ढुण्डिराज शास्त्री माओवादी केन्द्रिय सल्लाहकार विष्णुहरि शर्मा लगायतले महायज्ञबाट उठेको रकमले सहकारी अस्पताल निमर्ँण र कृषि कलेज निर्माण गर्न लाग्नु प्रशंसनीय काम भएको बताए । महायज्ञमा मन्त्री रायमाझीले अस्पताल र कृषि कलेज निर्माणको लागि सरकारको तर्फबाट २५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरे ।


 एकसाता सम्म संचालन हुने महायज्ञको पण्डित दिनवन्धु पोखरेलको मुखराविन्दुबाट वाचन हुनेछ । अस्पताल र कलेज निमर्ँणार्थ सचालन गरिएको महायज्ञबाट ५ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको मुल आयोजक समितिका संयोजक डा.राम बहादुर विसीले बताए । महायज्ञ फागुन २४ देखि चैत १ गतेसम्म संचालन हुने छ ।

 



अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.