आज पृथ्वीमा शक्तिशाली सौर्य आँधी आउँदै, बिद्युत प्रवाह, सेटेलाईट, बिमान सेवामा अवरोध, ध्रुवीय क्षेत्रमा बढी असर


 

आज पृथ्वीमा शक्तिशाली सौर्य आँधी आउने अमेरिकी अन्तरीक्ष केन्द्र नासाले जनाएको छ । बेलायती बैज्ञानिकहरुको टोलीका अनुसार सौर्य आँधीको असर ब्यक्तिमा नपर्ने तर बिद्युत प्रवाह, सेटेलाईट र बिमान सेवामा अवरोध आउनसक्ने छ ।

 

आज आउने सौर्य आँधी गत पाँच बर्षकै सबैभन्दा शक्तिशाली हुने र यसको असर ध्रुवीय क्षेत्रमा बढी पर्ने बैज्ञानिकहरुको भनाई छ ।

 

सौर्य आँधीका कारण अन्तरीक्षका केही कण पृथ्वीमा खस्न सक्ने छन् । सौर्य आँधी नेपाली समय अनुसार बिहान ११ बजेर ४५ मिनेट देखि ३ बजेर ४५ मिनेटभित्रमा आउने बैज्ञानिकहरुको आंकलन छ । यस प्रकरको आँधीले सन् १९७२ मा अमेरिकाको ईलोनोई राज्यमा छ महिनासम्म टेलिफोन सेवा अवरुद्ध बनेको थियो ।