पाकिस्तानको सर्वोच्च अदालतले राष्ट्रपति आसिफ अली जर्दारी विरुद्ध भ्रष्टाचार सम्बन्धी मुद्धा फेरि अगाडि बढाउन स्वीट्जरल्याण्डका अधिकारीहरुलाई आग्रह गर्न सरकारलाई आदेश दिएको छ ।
पाकिस्तानी प्रधानमन्त्री युसुफ रजा गिलानीले यो मुद्धा अगाडि बढाउन नहुने अडान लिंदै आउनु भएको छ ।
पाकिस्तानी सरकारले मुद्धा राजनीति प्रेरित भन्दै आएको छ ।