तेस्रो पदावधिका लागि राष्ट्रपतिमा निर्वाचित रुसी प्रधानमन्त्री भ्लादिमिर पुटिनले पार्टीभन्दा माथि उठेर मुलुकको नेतृत्व दिने बताएका छन् ।
निर्वाचनमा अनियमितता गरेको आरोप लगाउँदै विपक्षीले प्रदर्शन गरिरहेका बेला पुटिनले राष्ट्रपति दिमित्री मेदभेदेवसँगको भेटमा पार्टीगत प्रभावमा नपरी काम गर्ने प्रतिवद्धता जनाएका हुन् ।
मे ७ पछि वर्तमान राष्ट्रपति दिमित्री मेदभेदवले प्रधानमन्त्री पद प्राप्त गर्नेछन् भने प्रधानमन्त्री पुटिनले भने राष्ट्रपतिका रुपमा काम थाल्नेछन् ।