पाकिस्तानको एवोटावादमा अमेरिकी सेनाद्धारा मारिएका ओसामा विन लादनेको हत्या उनकी जेठी श्रीमतीको धोकाका कारण भएको पाकिस्तानी सेनाका अवकाश प्राप्त सैन्य अधिकारीले दावी गरेका छन् । ब्रिगेडियर जनरल शौकत कादिरले आफ्नो रिपोर्टमा ओसामाकी जेठी श्रीमती हुर्रियाले लादेनलाई धोका दिएको आशंका व्यक्त गरेका छन् ।
ऐवोटावादमा लादेनसंगै बर्षौदेखि उनका दुई श्रीमती बसिरहेका थिए तर हुर्रिया पनि लादेनसंगै बस्न चाहिरहेकी थिइन् । कादिरका अनुसार सन् २०११ को फेब्रुअरी या मार्चमा हुर्रिया एवोटावाद गएपछि अमेरिकी गुप्तचर एजेन्सीका एजेन्ट बनेका डाक्टर शकील आफरिदीले ऐवोटाबादको त्यही घरबाट रगतको नमुना लिन शुरु गरेका थिए ।
शौकतले हुर्रिया र उनकी कान्छी सौता अमल अल सदाबीच कटुतापूर्ण सम्बन्ध रहेको बताएका छन् । यो सम्बन्ध र लादेनबारे सूचना दिनेलाई २ सय ५० करोड डलरको इनाम पनि लादेनको मृत्यको कारण भएको अनुमान गरेका छन् । यसैकारण लादेनबारे सूचना दिनेमा हुर्रिया पनि रहेकी जनरल शौकतको दावी छ । लादेन सन् २०११ को मे महिनामा अमेरिकी सैन्य कारवाहीमा मारिएका थिए ।
शौकतले विगत आठ महिनादेखि लादेन लुकेर बसिरहेको घरको ठेगाना अमेरिकाले कसरी प्राप्त ग