भारतमा तीन पटक सांसद् भएका अखिलेश यादव उत्तर प्रदेशको नयाँ मुख्य मन्त्री

Akhilesh-Yadavलखनउ, भारत – तीन पटक सांसद् भएका अखिलेश यादव उत्तर प्रदेशको नयाँ मुख्य मन्त्री हुने भएका छन् ।

लखनउमा शनिबार भएको नवनिर्वाचित समाजवादी पार्टीका सांसदहरुको बैठकले पूर्व मुख्यमन्त्री मुलायम सिंह यादवका छोरा अखिलेशलाई मुख्य मन्त्री बनाउने निर्णय गरेको हो ।

 

यसअघि पार्टीका बरिष्ठ नेता अजम खानले अखिलेशलाई उत्तर प्रदेशको मुख्य मन्त्री बनाउन प्रस्ताव गरेका थिए । खानको प्रस्तावमा उनका काका शिवपाल यादवसहित बहुमत नेताहरुले समर्थन गरेका थिए । अखिलेशलाई मुख्य मन्त्री बनाउन पार्टीमा ठूलो समर्थन दियो ।

पार्टी निर्णयसँगै ३८ वर्षीय अखिलेश उत्तर प्रदेशकै सवैभन्दा कान्छा मुख्य मन्त्री बन्ने भएका छन् । यसअघि ३९ वर्षकी मायावती कम उमेरकी मुख्य मन्त्री भएकी थिइन् । अघिल्लो महिनामा विधान सभा निर्वाचनमा पार्टीलाई जिताउन अखिलेशले मुख्य भूमिका खेलेका थिए । उत्तर प्रदेशमा आफ्नो पार्टीलाई सानदार विजयी गराएपछि भारतीय सञ्चार माध्यमले ईन्जिनियरिङ पृष्ठभूमिका अखिलेशलाई ‘म्यान अफ द म्याच’ भनेका छन् । – एजेन्सी