किमडाँडामा गोलभेडाबाट लाखौं आम्दानी


 

– वीरेन्द्र केसी


अर्घाखाँची – अन्नखेती भन्दा राम्रो आम्दानी भएपछि जिल्लाको किमडाँडाँका कृषक व्यावसायिक गोलभेडा खेतीतर्फ आकषिृत भएका छन ।  तीन वर्ष देखि यहाँका कृषकले गोलभेडा खेती गर्न शुरु गरेका छन । आम्दानी राम्रो हुन थालेपछि व्यावसायीक रुपमा गाउँका करिब ३ सय रा्पनी भन्दा बढी भिराला बारीमा यहाँका ३० जना कृषकले ब्यावसायिक रुपमा आफनो सबै जग्गामा गोलभेडा खेती गरेका छन । किमडाँडाँबाट सातामा ६० क्युईन्टल जति गोलभेडा उत्पादन भईरहेको छ । 


बजारमा  प्रतिकेजी ३५ देखि ४० रुपैयामा बिकि्र गोलभेडा बिक्री हुने गर्छ । भिरालोबारीमा प्लाष्टिक टनेल प्रविधिबाट खेती गरेका छन । दुई वर्षदेखि जिल्ला कषि विकास कार्यालयको सहयोगमा यो प्रविधिले दोब्बर आम्दानी भएको कृषकहरु बताउँछन । किमडाँडाँका कॄषक पुष्करनाथ बन्जाडेले आफनो सबै बारीमा गोलभेडा खेती गरेका छन । १५ रोपनी जग्गामा गोलभेडाबाट वार्षिक रुपमा ३ देखि ४ लाख सम्म आम्दानी गर्छन । भिरालो बारीमा गोलभेडा खेतीले मनग्य आम्दानी भएपछि बन्जाडे मात्रै नभएर किमडाँडाँ गाउँका अधिकाश कृषकले उत्पादन गरेको गोलभेडाले सिगो सदरमुकामलाई धानेको छ ।


पानीको अभावले यहाँका कृषकले प्लाष्टिक पोखरीमा आकाशको पानी जम्मा गरेर सिचाई गर्ने गर्छन । हात मुख धोएको भाडाँ माझेको नुहाएको र गाई भैसीको पिसाव पोखरीमा संकलन गरेर गोलभेडा खेती गर्ने उनले बताए । अर्का कॄषक गणेश बन्जाडेले पनि गोलभेडाबाट वार्षिक रुपमा ३ लाख जति कमाउने उनले बताए । भिरालो बारीमा अन्न खेतीबाट परिवार धान्न मुस्किल परेका स्थानीय बासिन्दको जीवनी अहिले गोलभेडाले परिवर्तन गरिदिएको छ । गोलभेडाबाट राम्रो नाफा हुँदा घर खर्चमात्रै नभएर छोरछोरीलाईृ पनि रामै बोडिङमा पढाउन सकिएको किमडाँडाकी बसन्ता भुसालले बताईन ।


विदेशमा भन्दा गोलभेडा खेतीबाट धेरै आम्दानी भएपछि विदेश जान लागेका पनि तरकारी खेती गर्न थालेका छन । गोलभेडाबाट यहाँका गाउँलेले प्रतिघर वार्षिक रुपमा ३० देखी ४ लाख रुपैयाँसम्म आम्दानी गर्छन । भिरालो र पाखो बारीमा गोलभेडाखेतीबाट लाखौ कमाई हुँदा कृषक दंग परेका छन । सदरमुकाम सन्धिखर्क देखि २० किलोमिटर पश्चिममा पर्ने उक्त गाउँ गोलभेडा खेतीले चर्चित छ । गोलभेडा र तरकारी लिन बजारबाट ग्राहक घरमै जाने गरेपछि कृषक खेती  गर्न उत्साहित भएका छन । जिल्ला कृषि विकास कार्यालयले उक्त गाउँलाई पकेट क्षेत्र घोषण गरेको छ । गोलभेडाबाट किमडाँडाँमा वार्षिक १ करोड रुपैयाँ भन्दा बढी गाउँमा भित्रिने कृषको अनुमान छ ।

 

 

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.