इजरायलले गाजा क्षेत्रमा गरेको हवाई आक्रमणमा उच्च प्यालेष्टाइन नेतासहित १० जना प्यालेष्टाइन मारिएका छन् । इजरायलीलाई आक्रमण गर्ने योजना बनाइरहेका पपुलर रेजिस्टेन्स् कमिटि पीआरसीका महासचिव जोहाइर अल क्वासी आक्रमणमा मारिएको इजरायलले जनाएको छ ।
उनीसँगै अर्का लडाकु पनि मारिएका छन् । पहिलो हवाई आक्रमण लगत्तै गरिएको अर्को इजरायली आक्रमणमा गाजामा इस्लामिक हमास मुभमेन्ट चलाइरहेका ८ जना पनि मारिएका छन् । इजरायली सेनाले दर्जनौ रकेट आफ्नो तर्फ प्रहार गरेको दाबी गरेको छ ।
पीआरसीले आफ्ना नेता मारिएको बदलामा इजरायलतर्फ रकेट हानेको बताएको छ । इस्लामिक जिहादले मारिनेमा सैन्य संगठनका सदस्यहरु रहेको जनाएको छ ।
गाजाको सीमामा भएको यो आक्रमण पछिल्ला धेरै महिनाहरु पछि कै भिषण हिंसात्मक घटना भएको बताइएको छ ।