जापानमा विनाशकारी भुकम्प र सुनामीले उत्तर पश्चिम तटीय क्षेत्रमा विध्वंसमा हजारौं मानिस मारिएको वार्षिकी


 

जापानले विनाशकारी भुकम्प र सुनामीले उत्तर पश्चिम तटीय क्षेत्रमा विध्वंसमा हजारौं मानिस मारिएको वार्षिकी मनाइरहेको छ ।

 

भुकम्प पछिको सुनामीमा परि १५ हजारभन्दा बढी मानिस मारिएको र ३ हजारभन्दा बढी अझै हराइरहेको जापानको प्राकृतिक विपत्ति केन्द्रले जनाएको छ । सुनामीले धेरै गाउं बगाएको थियो । भुकम्प मापन गर्न थालिएपछि कै सबैभन्दा शक्तिशाली ९ रेक्टर स्केलको उक्त प्राकृतिक विपत्तिले फुकुसिमा दाइची परमाणु केन्द्रमा पनि व्यापक क्षति पु-याएको थियो ।

 

परमाणु केन्द्रबाट रेडियो विकिरण चुहिएपछि त्यस क्षेत्रका हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो । उक्त प्राकृतिक विपत्तिको सम्झनामा टोकियोमा गरिने कार्यक्रमा जापानी सम्राट अकिहितो र प्रधानमन्त्री योशिहितो नादो सहभागी हुनुहुनेछ । भूकम्प गएकै समयमा देशभर एक मिनेट मौनधारण गर्ने र उक्त समयमा राजधानी टोकियो भित्रने र बाहिरिने रेलहरु पनि रोकिने छन् ।

 

यस्तै उत्तर पूर्वी क्षेत्रमा चेतावनीका साइरन बजाइने छ । भूकम्पपछिको पूननिर्माण सुस्त भएकोमा जनताले भने सरकारको आलोचना गरेका छन् ।