– वीरेन्द्र केसी
अर्घाखाँची – नेपालको कानुनमा बालीघरे प्रथा हटिसकेको भएपनि अर्घाखाँचीको अर्घा गाविसका परियार समूदाय भने अझै पनि वालीघरे प्रथामा कपडा सिलाउन वाध्य भएका छन् । पुखौली पेशा भनी वर्ष भरि बालीघरे प्रथामा कपडा सिलाउने गर्छन् । त्यो पनि एक महिना खान नपुग्ने अन्नमा ।
एक घरमा वर्ष भरि कपडा सिलाए वापत माना पाथी अन्न पारिश्रमिक पाउँछन् । एक वर्ष सम्म निरन्तर रुपमा घरमै धाएर नयाँ र पुराना कपडा सिलाउनुपर्छ तर तिन पुस्तौ देखि कायम भएको बाली भने अझै सम्म वढेको छैन् । वाजेका पाला देखि मकै २ पाथीगहुँ १ पाथी चामल २ माना गोदो ४ पाथी र एक किलो घिउ पाउथ्यौ अर्घा मैदानका डम्वर परियारले भने अहिले पनि त्यही छ । विष्टले अडकलेको बालीले त वर्ष भरी काम गरेको दुःखले एक महिना खान पुग्दैन जति खर्च दिए पनि मालिक कहा कपडा सिलाउन छाडन हुदैन भन्ने परम्परा अझै सम्म पनि हटेको छैन । छोराछोरीलाई सानै उमेर देखि कपडा सिलाउन सिकाएर गाउका घर घरमा हिडाल्ने चलन अझै कायमै छ ।
ुएक वर्षमा कम्तीमा चार पटक कपडा सिलाउन भनि घर मै पुग्नु पर्छ गाउँमा अरु वैकल्पिक पेशा नभएकाले पनि एक महिना खान नपुग्ने अन्नमा कपडा सिलाउनुपर्छु डोर बहादुर परियारले भने जस मध्ये तीजमा अनिवार्य जानैपर्छ नगए रिसाएर वाली नै दिदैनन् घरका श्रीमती छोराछोरी सबै कपडा सिलाउन मेसिन वोकेर गाउँमा डुल्नुपर्ने वाध्यता छ । कपडा सिलाएको वालि भने मकैगहँु धान खेतवारीमा पाकेर भित्राएपछि मात्र पाइन्छ उनले भने अहिले सबै चिजमा मंहगी बढे पनि पुस्तौ देखिको वाली वढेको छैन ।
बालीघरे प्रथामा कपडा सिलाउँदा पारिवारिक संरचना भने पुरानै छ । लाहुरे र जागिर खाएको घरमा कपडा सिलाउन पाउनु गौरवको अनुभुती हुन्छ किन भने दुई चार पैसा र एक दुई जोड कपडा पाइन्छ ६ वर्ष देखि निरन्तर वालीघरे प्रथामा कपडा सिलाउँदै आएकी झुमी परियारले भनिन के गर्ने नसिलाए छाक टार्नु नै छैन । वालीघरे प्रथाको कारण अधिकाशं घरका वालवालिका अझै पनि नियमित विद्यालय जादैनन् । अर्घा गाउँका एक सय भन्दा वढि परियार वालीघरे प्रथामा कपडा सिलाउन वाध्य छन् । एक जनाले २० देखि ३० घरमा कपडा सिलाउन भ्याइने उनीहरु वताउँछन् । वाली घरे प्रथाले झन झन गरिव हुदै गएका परियार समूदायका गाउँमा वस्ने वास भए पनि गास उव्जा हुने जग्गा प्रशस्त छैन् । अर्घाको जति भुमिका भए पनि केही नहुँदा स्थानीयवासी चिन्तित छन् ।
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.