हंसपुर तिनचुवके गाउँका दलित बस्तीका वालवालिकाहरु फलाम पिटेर पढाई खर्च जुटाउँदै

– वीरेन्द्र केसी

 

अर्घाखाँची – घरको आर्थिक स्थितिले पढाई खर्च धान्ने अवस्था नरहेपछि गाउँका दलित वालवालिका पढाई खर्च जुटाउन दैनिक रुपमा आरनमा बसेर फलाम पिटने काम गर्न वाध्य छन् ।


जिल्लाको पश्चिमी हंसपुर गाविसको तिनचुवके गाउँमा रहेका दलित बस्तीका अधिकाशं वालवालिकाहरु फलाम पिटने काम गरेर पढाइ खर्च जुटाई विद्यालयमा पढन जाने काम गरेका छन् । घरको आर्थिक अवस्था कमजोर भएकाले वुवा आमाले विद्यालय पठाउन नसक्दा उनीहरु यसरी खर्च जुटाएर विद्यालयमा पढन जान्छन् । 

 
कक्षा ३ मा पढने बलाराम विकका हातभरि ठेला परेका छन् । पढाइसँगै फलामसँग सघर्ष गर्नुपरेको छ । दिन भर उनी विद्यालय जान्छन् भने विहान वेलुका आरनमा वसेर फलाम पिटछन् । हसिया कोदाली बाचरो चाक्कु दावु लगाएतका सामाग्री बनाएर विक्री गरी यसबाट आएको आम्दानीले पढाई खर्च जुटाउने अभिभावक हिम विकले बताए । परम्परा देखि चली आएको वालीघरे प्रथाका कारण आएको अन्नपातले जीविको पार्जन गरेको वालवालिका वताउँछन् । विद्यालय समय वाहेक अरु वेला आरनमा वस्ने हुँदा वलाराम विकका हातमा ठेला सँगै निलडाम घाउ हात भरी छन् । हतार हतारमा फलाम पिटदा र सान लगाउँदा घाउ भएका हुन हात र खुट्टा देखाउदै उनले भने कहिले काँही त हिडन र खान पनि मुस्किल पर्छ भने लेख्दा कलम समाउन पनि मिल्दैन । तर फलाम पिटन भने उनले छाडेका छैनन् यहि फलाम पिटेर त पढन पाएको छु उनले बताए ।

 

फलाम पिटेर आएको मासिक चार, पाँच सय रुपैयाले कापी कलम डे्स र किताव किन्न पुगेको उनका साथी विष्णु विकले गुनासो गरे । उनीहरु मात्रै नभएर यस गाउँका अधिकांश वालवालिकाहरु घर खर्च नपुग्दा फलाम पिटेर पढेका छन् । कक्षा ५ मा पढने सकुन्तला विक पनि फलाम पिटछिन् । उनको पढने आधार नै फलाम पिटेर आएको आम्दानी हो । फलाम पिटर भएपनि पढाईलाई निरन्तरता दिन्छु कक्षा ७ मा पढदै गरेकी उनले भनिन ुभविश्यमा राम्रो जागिर खाने र दलितको लागि परिवर्तन गराउने लाग्ने सोच छ ।

 


अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.