सन्धिखर्कमा पुस्तकालय छ पाठक छैनन्

– वीरेन्द्र केसी

 
अर्घाखाँची – सदरमुकाम सन्धिखर्क स्थित सरिता पुस्ताकालयको अभावमा अलपत्र परेको छ । धार्मिक सास्कृतिक साहित्यिक ऐन कानुन तथा राजनीतिक लगायतका दर्जनौ पुस्तकहरु पढ्ने सुविधा भएपनि त्यसप्रति कसैले चासो देखाएको छैनन् । जतिसुकै ऐतिहासिक र महत्वपूर्ण पुस्तकहरु भए पनि पढ्ने मान्छे नआउँदा ती पुस्तक महत्वहीन भएका छन् ।

 

मुटुको रोगबाट ग्रस्त सरिता कार्कीको मृत्यु भएपछि नीजका पति प्रेम बहादुर कार्कीले ४५ दिनको पुण्यतिथिको अवसरमा गत २०६० भदौ २२ गते सरिता पुस्तकालय स्थापना गरेका हुन् । यस क्षेत्रका साहित्यकार वुद्धिजिवी र शिक्षा प्रेमीको सकि्रयतामा स्थापित पुस्तकालयको संस्थापक संरक्षक प्रेम बहादुर कार्कीले भने पत्नीको नाममा व्यक्तिगत लगानीवाट जनसेवा गर्ने विचारले जिल्लामै पुस्तकालय नभएको कारण पुस्तकालय खोलियो तर पाठक छैनन् ।

 

शिक्षाको माध्यमवाट समाज सेवा गर्ने सोच बनाएका कार्की व्यक्तिगत लगानीमा लाखौ रुपिया लगाएर स्थापना गरिएको पुस्तकालयवाट ज्ञान आर्जन गर्न सबैलाई आग्रह गर्दछन् ।

 
पुस्तकालय विहान ११ वजे देखि १ बजे र साँझ ४ देखि ६ बजे सम्म खुल्ने गर्दछ । पढ्न आए जतिवेला पनि पुस्तकालय खोलिदिने कार्कीले बताए ।  पुस्तकालय खोल्ने र बन्द हुने समय निर्धारित गरिएपनि पाठक नआउदा बन्द हुने र पाठक भएमा जतिवेला पनि खोल्ने गरिन्छ । राम्रा पाठक नपाउँदा पुस्तकालयमा रहेका १४ हजार भन्दा वढि पुस्तक त्यतिकै थन्किएका छन् ।

 


अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.