ठुलापोखरा: विग्रेडबाट फेरियो जीवन


 

– वीरेन्द्र केसी


ठुलापोखरा, अर्घाखाँची – ठुलापोखराका कृष्णप्रसाद पाण्डेले वि्रकेट बनाएर राम्रो आम्दानी लिएका छन । विग्रेड उत्पादनले उनको जीवन फेरिएको छ ।


गाउँघरमा आगो बालेर फयाकेको कोईला र माटो मिसाएर बनाईने वि्रकेटले जाडोको बेला घर र कोठालाई न्यानो राख्न र सुत्केरी महिलाको लागि अति उत्तम मानिन्छ । विग्रेडको माग गाउँमा भन्दा काठमाडौ लगायत देशका ठुला शहरका होटलहरुमा बढी छ । ७० प्रतिशत कोईला र ३० प्रतिशत बाटोको धुलो माटो मिसिनमा कुटेर मसिनो बनाएर डल्लो आकारको बनाईन्छ पाण्डेले भने एउटा वि्रगेड १० दिनमा तयार हुन्छ । विना जौविक उर्जा उद्योगका सचालक समेत रहेको उनले १० वर्ष भारतमा नोकरी गरेर सन्तुष्ट हुन नसकेपछि गाउँ फर्केर विग्रड उत्पादनमा लागेका हुन ।


२०६५ सालबाट शुरु गरेका यो व्यावसाय अहिले फस्टाउदै गएको छ । उत्पादित एउटा वि्रकेटले करिब १० घण्टा कोठालाई न्यानो बनाउने गर्छ । माटो र कोईला पिसेर धुलो बनाएपछि पानीमा भिजाएर मिसिनको सहयताले डाल्लो आकारको बनाएर करिब १० दिन घाममा सुकाएपछि बाल्नको लागि तयार हुन्छ पाण्डेले भने काठमाण्डौ लगायत ठुला शहरका होटल र सुत्केरी महिलाको लागि न्यायो बनाईराख्न उपयुक्त हुन्छ । उत्पादित वि्रगेड काठमाडौको  हिमालय ईनर्जी प्रालि मार्फत बिक्री हुदै आएको छ । सरकारले केहि सहयोग गरे र बजारको ग्यारेन्टी गरेमा हजारौ वि्रकेट उत्पादन गर्न सक्ने आशमा उनी छन ।  पाण्डेले सचालन गरेको उद्योगमा गाउँका ८ जना युवाले रोजगार पाएका छन भने ३० जना भन्दा बढी गाउँलेले चुलोमा आगो बालेको कोईला बिक्रीबाट पनि आम्दानी लिएका छन । ८ जना युवाले विकेट बनाए वापत मासिक १० देखि १३ हजारसम्म कमाई गर्छन । छिमेकीले जम्मा गरेर ल्याएको ३ किलो कोईलालाई २० रुपैयाँमा राख्ने गर्छन ।   आगो बालेपछि त्यसै फयाकिने कोईला बिक्री भएपछि गाउँलेले समेत आम्दानी लिन पाउँदा खुसी छन । पाण्डेले भने सबै खर्च कटाएर वर्षमा ३ लाख रुपैयाँ जति बैंक बचत गर्दै आएका छन । 

 


 

वैकल्पिक उर्जा प्रवद्धन केन्द्रको सहयोगमा १० दिने तालिम लिएपछि घर फर्केर वि्रकेट बनाउन थालेको बताए । बाल्न तयार भएको एउटा वि्रगेडलाई १ सय २० रुपैयाँमा बिक्री हुदै आएको पाण्डेले बताए ।  अर्काको देशमा दुःख गर्नुभन्दा आफनै देशमा पसिना चुहाउनुपर्छ भन्ने सोचका साथ गाउँ फर्केर यो पेशामा लागेको हुँ उनले भने आफै काम गरेर खानुपर्छ भन्ने सोच जाग्यो । घरेल उद्योग र उत्पादनका दृष्टिकोणले जिल्लामै नमुना उद्योगी हुन । वि्रकेट उत्पादन गर्न थालेपछि उनको आर्थिक स्थितिमा समेत परिवर्तन आएको छ । भारतमा बसेर परिवार पाल्न मुस्किल थियो पाण्डे भन्छन यसबाट मेरो जीवनै फेरियो । मासिक ९ हजार वटा वि्रकेट उत्पादन हुन्छन उनले भने माग बढी भएकाले उत्पादनलाई वृद्धि गर्ने सोचमा छु । पाण्डेले उत्पादन गरेको वि्रगेड सुत्केरी महिला र बच्चाको स्वास्थ्यलाई न्यानो बनाईराख्न उपयुक्त भएको भन्दै अस्पतालमा सुत्केरी भएका महिलालाई गुल्मी जिल्ला अस्पताललाई एक महिनासम्म निःशुल्क वि्रगेड दिने गरेको छ ।


आगो बालेर फयाकिने कोईला बिक्री भएपछि गाउँले कोईला संकलनमा लागेको स्थानीय चन्द्रमणी पाण्डेको भनाई छ । कृष्णप्रसाले गरेको यो काम उदाहरणीय र नयाँ रहेको उनले बताए ।

 


 

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.