मेक्सिकोका मानव बैज्ञानिकहरुको मेक्सिकोस्थित एक गुफामा १ सय ५० वटा मानव कंकाल फेला पारेका छन् । मेक्सिकोको दक्षिणी राज्य चियापासमा रहेको गुफा निरीक्षणका क्रममा उनीहरुले मानव कंकाल फेला पारेका हुन् ।
ग्वाटेमालाको सीमा नजिक रहेको गुफामा फेला परेको मानव कंकाल ग्वाटेमाला र मेक्सिकोका लागू औषध तस्करहरुको हुनसक्ने अनुमान गरिएको छ । फेला परेकामानव कंकाल ५० बर्ष पुरानो भएको अनुमान गरिएको छ ।
बैज्ञानिकहरुले भने कंकाल १२ सय बर्ष पुरानो सम्म हुन सक्ने वताएका छन् ।
गुफामा रहेको मानव कंकाल फेला पर्नु महत्वपूर्ण पुरातात्विक खोज भएको बताउँदै बैज्ञानिकहरुले यी कंकालबाट प्राचिन युग हिस्पानियाका पूर्व समुदायको बारेमा जानकारी प्राप्त गर्न सकिने जनाएका छन् ।