सिरियामा सरकार समर्थित छापामारको आक्रमणमा परी ४७ जना महिला, बालबालिकाको मृत्यु

सिरियामा सरकार समर्थित छापामारको आक्रमणमा परी ४७ जना सर्वसाधारणको मृत्यु भएको छ । मृत्यु हुनेमा २६ महिला र २१ बालबालिका रहेका छन् ।

 

सिरियाको होम्स शहरका प्रत्येक घरमा छापा मारी उनीहरुको हत्या गरिएको बताईएको छ । हत्या लगत्तै ती छापामारहरुले केही भवनमा आगजनी समेत गरेका थिए ।

 

घटनाप्रति दुख ब्यक्त गर्दै सिरियाली सरकारले भने यसमा सरकार समर्थित कुनै पनि समूहको हात नरहेको दाबी गरेको छ । सिरियाको स्थितिबारे जानकारी लिन राष्ट्रसंघीय शान्तिदूत कोफी अन्नानको दुई दिने भ्रमण सकिए लगत्तै भएको यस आक्रमणप्रति बिश्व समुदायले खेद प्रकट गरेको छ ।

 

सिरियाको बिपक्षी पार्टी सिरियन नेशनल काउन्सिलले घटना लगत्तै आपतकालिन बैठक डाकेको छ । सिरियमा गत केही महिनादेखि जारी सरकार बिरोधी प्रदर्शनका कयौंको ज्यान गइसकेको छ भने घाइतेहरुको अवस्था नाजुक छ ।