अमेरिका विरोधी प्रदर्शन चर्किरहेकै बेला अमेरिकाद्धारा सैन्य मिसन चाडै अन्त्य नहुने

सैन्य मिसन चाडैं अन्त्य नहुने अमेरिकाद्धारा स्पष्ट


अफगानिस्तानमा एक अमेरिकी सैनिकले १६ सर्वसाधारणको हत्या गरेपछि अमेरिका विरोधी प्रदर्शन चर्किरहेकै बेला अमेरिकाले सैन्य मिसन चाडै अन्त्य नहुने स्पष्ट पारेको छ ।

 

अमेरिकी राष्ट्रपति बाराक ओबामाले अफगानिस्तानमा विकसित पछिल्लो घटनाले अन्तर्राष्ट्रिय सेना फिर्ता गर्न हतार नगरिने प्रष्ट्याउनुभएको हो । ओबामाले विदेशी सेना जिम्मेवारी पूरा गरी अफगानिस्तानबाट फर्कने स्पष्ट पार्नुभयो ।

 

एक अमेरिकी टेलिभिजनसँग ओबामाले अफगान सेनालाई मुलुकको सुरक्षा र अलकायदाको सामना गर्न सक्षम नपारेसम्म अन्तर्राष्ट्रिय सेना नहट्ने बताउनु भयो ।

 

गत आइतवार कान्दाहारमा एक सन्काहा अमेरिकी सैनिकले १६ सर्वसाधारणको हत्या गरेपछि अमेरिकी र अफगान सेनाबीच सम्बन्ध अत्यन्त तनावपूर्ण बनेको छ । अमेरिकी रक्षामन्त्री लियोन पेनेटाले घटनामा संलग्नविरुद्ध आरोप प्रमाणित भए मृत्युदण्डको सजायँ हुने प्रष्ट गर्नुभएको छ ।