अफगानिस्तानको कान्दाहारमा एक जना अमेरिकी सैनिकले १६ जनाको हत्या गरेको स्थलको निरिक्षण गर्न गइरहेको सरकारी टोलीमाथि तालिवान लडाकुले आक्रमण गरेका छन् ।
आक्रमणमा एक जना अफगान सेना मारिएका छन् भने दुई सर्वसाधरण घाईते भएका छन् ।
टोलीमा अफगान राष्ट्रपति हमिद कारजाईका दुई भाई र उच्च सुरक्षा अधिकारीहरु रहेका छन् । गत आइतवार ३८ वर्षिय अमेरिकी सैनिकले १६ सर्वसाधारणको हत्या गरेका थिए भने उनको आरोप प्रमाणित मृत्युदण्डको सजाय हुन सक्ने अमेरिकाले जनाइसकेको छ ।