बंगलादेशको मेघ्ना नदीमा २ सय यात्रु लिएर गइरहेको डुंगा डुब्दा धेरै मानिस हराइरहेका छन् ।
राजधानी ढाकादेखि दक्षिण पश्चिममा अवस्थित मेघ्ना नदीमा भएको घटनामा ३५ जना यात्रुलाई सकुशल उद्धार गरिएको छ ।
ढाकाबाट शरियातपुर जिल्लातर्फ गइरहेको शरियातपुर १ नामको उक्त डुंगा अर्को डुंगासंग ठोक्किएको अपुष्ट समाचारमा जनाएको छ ।
बंगालदेशमा डुंगा दुर्घटनाका कारण वर्षेनी धेरै मानिसको मृत्यु हुने गरेको छ । क्षमताभन्दा बढी यात्रु बोक्ने र कमजोर सुरक्षा नै डुंगा दुर्घटनाको कारण बन्दै आएको छ ।