सिरियामा जारी सरकार बिरोधी प्रदर्शनका क्रममा भएको मानवअधिकार हननका विषयमा विश्व मानवअधिकार संस्था एमनेष्टी इन्टरनेशनलले खेद प्रकट गरेको छ । उसले मानवअधिकार हनन गर्ने जो कोहीमाथि महाभियोगको मुद्दा चलाउन माग पनि गरेको छ ।
सिरियामा एक वर्षदेखि जारी सरकार बिरोधी प्रदर्शनका क्रममा राष्ट्रपति बसर अल असदले आफना सेना लगाएर मानवताबिरोधी अपराध गरेको ठहर एमनेष्टी इन्टरनेशनलको छ ।
सिरियामा बस्न नसकी छिमेकी राष्ट्र जोर्डन पुगेका सिरियाली नागरिकहरुसँगको छलफलका क्रममा सिरियाली जनताले आफूहरु सेनाले गरेको मानवताबिरोधी अपराधकाबारेमा एमनेष्टीलाई जानकारी गराएका थिए ।
राष्ट्रपति असदले भने यी आरोपको खण्डन गर्दै आउनुभएको छ । सिरियामा जारी सरकार बिरोधी प्रदर्शनका क्रममा हालसम्म आठ हजार व्यक्ति मारिइसकेका छन् ।