स्वीटजरलेण्डको टनेलमा भएको यात्रुबाहक बस दुर्घट्नामा परि २२ केटाकेटीसहित कम्तीमा २८ जना मृत्यु

A rescues helicopter is airborne as rescue worker stand in front of the tunnel entrance after a bus crashed in the tunnel, in Sierre, Switzerland, early Wednesday, March 14, 2012. According to media reports 28 people have been killed when the bus from Belgium crashed inside the tunnel.

स्वीटजरलेण्डको एक टनेलमा भएको यात्रुबाहक बस दुर्घट्नामा परि २२ केटाकेटीसहित कम्तीमा २८ जना मारिएका छन् । स्वीस प्रहरीका अनुसार भलाइस क्न्टोनमा भएको उक्त दुर्घट्नामा थप २४ केटाकेटी घाइते भएका छन् ।

बेल्जियम फर्कंदै गरेको बस स्थानीय समय अनुसार मंगलबार टनेलको भित्तामा ठोक्किएर इटलीको सीमा क्षेत्र नजिकै स्वीटजरलेण्डको एक टनेलमा दुर्घट्ना भएको हो । बसका दुवै ड्राइभर मारिएको छ ।

केटाकेटीहरु बेल्जियम्को लोमेल र हवर्ले गाउँक केटाकेटीहरु स्वीर अल्पसमा स्की खेलेर विदा मनाएर फर्केको बताइएको छ । बसमा ५२ जना सवार थिए ।