वाङ्गलाको मथुरावेशीमा श्रीमद्भागबत ज्ञान महायज्ञ सम्पन्न, २ करोड ६लाख रुपिया संकलन

– प्रेमनारायण आचार्य


  अर्घाखाँची १ चैत । अर्घाखाँचीको वाग्ला मथुरामा सहकारी अस्पताल  निर्माण र कृषि क्याम्पस निर्माणका लागि सुरु भएको एक हप्ते श्रीमद्भागबत ज्ञान महायज्ञ सम्पन्न भएको छ ।    महायज्ञमा २ करोड ६ लाख भन्दा बढी आर्थिक संकलन भएको भएको छ ।


सरकारी अस्पताल  र कृषि क्याम्पस निर्माणर्थ शुरु भएको  एक हप्ते श्रीमद्भागबत  ज्ञान महायज्ञमा बाचन प्रबिण पं। दिनबन्धु पोख्रेलले कथा बाचन गनु भएको थियो । 

 


  ऐतिहासिक तथा धार्मिक स्थल गोपेश्र पीठ मथुराभाममा सहकारी अस्पताल निमाृण  कृषि क्याम्पसको पुर्बाधार निर्माण  बृद्धाश्रम निर्माण गोपेशर पीठको संरक्षण गर्न महायज्ञ आयोजना गरिएको र उठेको रकमको सहि सदुपयोग गर्ने श्रीमद ज्ञानमहायज्ञ मुल आयोजक समितिका संयोजक डाक्टर रामबहादुर बिसीले बताउनु भयो । 


  नेपाल सरकार स्थानीय बिकास मन्त्रालयबाट स्थानीय बिकास मन्त्रि टोपबहादुर रायमाझिको पहलमा ३१ लाख जिबिस अर्घाखाँचीबाट २० लाख  महायज्ञमा ब्यकि्रगत रुपमा सबै भन्दा बढि दान दिने स्थानीय ९२ बर्षिय जीबनारायण अधिकारी र  अधिकारीको परिबारबाट १५ लाख ७ हजार लगायत बिभिन्न गाविस  सरकारी तथा गैर सरकारी सस्था र ब्यक्तिबाट गरि कुल   २ करोड ६ लाख ६३ हजार ८ सय ९४ रुपिया संकलन भएको । 

 



   श्रीमद् भागबत ज्ञान महायज्ञको समापन समारोह ९२ बर्षिय जीबनारायण  अधिकारीको प्रमुख आतीथ्यता महायज्ञ मुल आयोजक समितिका अध्यक्ष डा रामबहादुर बिसीको अध्यक्षतामा सम्पन्न भएको  हो ।







 

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.