– वीरेन्द्र केसी
सन्धिखर्क, अर्घाखाँची – स्थानीय विकास मन्त्री टोप बहादुर रायमाझीले देशमा राजनीतिक परिवर्तन भएपनि आर्थिक परिवतर्न नभएकाले अब आर्थिक क्रान्ति गर्नु जरुरी रहेको बताए । उनले आर्थिक क्रान्ति विना देश सम्पन्न शाली हुन नसक्ने दावी गरे ।
एनआईसी बैंक ३३ औं शाखा बुधवार सन्धिखर्कमा उदघाटन गर्दै मन्त्री रायमाझीले देश र जनतालाई सम्पन्न गराउन कृषि पर्यटन र रोजगारमा ध्यान दिन जरुरी भएको बताए । आर्थिक क्षेत्र बलियो भएन भने देश जनता र घरपरिवार चल्न सक्दैन त्यसैले शान्ति र संविधानका काम छिटै पुरा गरि सरकार र राजनीतिक दलको मसिन एउटै हुनुपर्छु उनले भने ुत्यो मिसन हो आर्थिक क्रान्ति राजनीतिको मेरुदण्ड पनि आर्थिक हो ।
बैंकहरु खुल्ने प्रतिप्रर्धाले सर्वसाधारणको सानो रकम पनि वचत गर्ने बानी बसाल्न बैंकले महत्वपुर्ण भुमिका रहेको बताए । जल जमिन र जंगलले विश्मै धनी देशमा राम्ररी सदुपयोग र परिचालन गर्दै लैजान सकेमा नेपाल आफैमा सुन्दर रहेको त्यसमा विश्वमा मान्छेहरु नेपाल घुम्न आउन सक्ने सबै नेता र सरकार लागेमा संभव रहेको बताए । उनले बाबुराम नेतृत्वको सरकारले नै शान्ति र संविधानका काम पुरा गर्ने बताउँदै चैत भित्र शान्ति प्रकि्रयाका काम पुरा गर्ने र जेठ १४ भित्र संविधानका खाका बाहिर ल्याउने तयारीमा सरकार रहेको बताए ।
रायमाझीलॆ बाबुराम भटटराई नेतृत्वको सरकारले शान्ति र संविधान पुरा गर्ने दावी गरेका छन । उनले बाबुरामको नेतृत्वमा शान्ति र संविधानका लागि राष्टिय सहमतीको सरकार बन्नसपर्ने बताए । शान्ति रसंविधानका काम पुरा गर्नको लागि बाबुरामको विकल्प नभएकोले सबै दलहरु एकढिक्का भएर अघि बढनुपर्ने बेला आएको बताए ।
बैंकले सन्धिखर्कमा शाखा खोलेर एक वर्ष देखि कारोवार गरेपनि औपचारिक रुपमा बुधवार मात्रै उदघाटन गरेको बैंकका शाखा प्रवन्धक डिल्लीराज खनालले बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरे, स्थानीय विकास अधिकारी पुण्यविक्रम पौडेल लगायतको उपस्थिति रहेको थियो कार्यक्रमको सचालक रेडियो देउरालीकी कार्यक्रम सचालक अम्बिका श्रेष्ठले गरेकी थिईन ।
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.