राष्ट्रसंघको कार्यालय अगाडि भोक हडताल गरिरहेका तिब्बती नागरिकको स्वास्थ्यस्थितिबारे चिन्ता ब्यक्त

संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको कार्यालय अगाडि भोक हडताल गरिरहेका तिब्बती नागरिकको स्वास्थ्यस्थितिबारे चिन्ता ब्यक्त गर्नुभएको छ ।

 

तिब्बती नागरिकमाथि चीन सरकारले गरेको ज्यादती अन्त्यका लागि राष्ट्रसंघको पहल आवश्यक भएको भन्दै उनीहरु तीन सातादेखि भोक हडतालमा उत्रेका हुन् ।

 

बानले भोक हडतालमा उत्रेकासँग बार्ताका प्रतिनिधिमण्डल पठाएका छन् ।

 

तर भोक हडतालमा रहेकाहरुले चीन सरकारले तिब्बती नागरिकप्रति गरेकोे सांस्कृतिक र धार्मिक अत्याचार बन्द गर्ने पहलस्वरुप राष्ट्रसंघको एक प्रतिनिधिमण्डल चीन पठाउनुपर्ने माग अघि गरेका छन् ।