साउदी अरबले सिरियाको दमस्कसमा रहेको आफनो दूताबास बन्द गरेको छ । एक बर्षदेखि जारी सरकार बिरोधी प्रदर्शन रोक्न सिरियाली सरकारलाई थुप्रैं मुलुकले पहल गरेपनि हिंसा नरोकिएपछि साउदी अरबले दूताबास बन्द गर्ने निर्णय गरेको हो ।
सिरियमा रहेका आफना राजदूतलाई फिर्ता बोलाएको केही समयमै साउदीले दूताबास बन्द गरेको हो ।
सिरियामा सरकार बिरोधी प्रदर्शनका क्रममा सिरियाली सेना र प्रदर्शनकारीबीच गोलाबारी जारी छ भने प्रदर्शनकै क्रममा हालसम्म ८ हजारभन्दा बढी ब्यक्ति मारिइसकेका छन् ।