अर्घाखाँचीडट्कमका वरिष्ठ संचार सल्लाहकार ऋषि धमला अस्वस्थ

काठमाडौ । अर्घाखाँचीडट्कमका विषेश वरिष्ठ (मीडिया) संचार सल्लाहकार एवम रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमला अस्वस्थ भएका छन् । उच्च ज्वरो आएर अस्वस्थ भएका धमलालाई अहिले सोह्र खुट्टै स्थित मनमोहन मेमोरियल अस्पताल भर्ना गरिएको छ ।


बुधवार दिउँसो देखिनै सामान्य अस्वस्थ रहँदै आएका धमला साँझ अकस्मात उच्च ज्वरोका कारण सिकिस्त भए पछि अस्पताल भर्ना गरिएको हो ।


धमलालाई अहिले अस्पतालको आकस्मिक कक्षमा स्लाईन पानी चढाएर राखिएको छ । चिकित्सकहरुले यूरिनको ईन्फेक्सन कारण ज्वरो आएको जनाएको छ । अहिले धमलाको ब्लड कल्चर गरेर ज्वरोको थप कारण पत्ता लगाउने काम भईरहेको छ । चिकित्सकले धमलालाई आएको ज्वरोलाई काम ज्वरो भनेको छ ।

 
यसअघि नेपालगञ्जमा बसेको कोठमा आगलागी भएपछि निसास्सीएर सख्त भएका थिए । चिकित्सकहरुले उनको फोक्सोमा रहेको समस्यालाई पनि निगरानी गरिरहेका छन् ।

 



अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.