चीनमा चौंगक्विंग प्रान्तका कम्युनिष्ट नेता बो झीलाई पदबाट हटाइयो

चीनमा चौंगक्विंग प्रान्तका कम्युनिष्ट नेता बो झीलाई पदबाट हटाइएको छ । बो झीलाइको स्थानमा वर्तमान उपप्रधानमन्त्री झांग डेजियांगलाई ल्याइने भएको छ । चिनियां समाचार एजेन्सी सिन्ह्वाका अनुसार ६२ वर्षिय बो झीलाई चीनको शीर्ष नेतृत्वमा आउने नेता मध्ये प्रवल दाबेदार मानिएको थियो । तर उनलाई अहिलेकै पदबाटै हटाइएको छ ।


चीनमा यो वर्षको अन्त्यमा पार्टीको नेतृत्वमा परिवर्तन हुदैछ । पछिल्लो महिना चौगक्विंग प्रान्तका पूर्व प्रहरी प्रमुखले अमेरिकी वाणिज्यदूतावासमा एक दिन बिताए पछि त्यहां व्यापक हंगामा मच्चिएको थियो ।


घटनापछि बो झीलाईको चर्को आलोचना भएपछि उनले आफुले गलत मानिसलाई विश्वास गरको भन्दै दुख व्यक्त गरेका थिए । चीनमा वार्षिक संसद सत्र सकिन एक दिन बांकी हुंदा बो झीलाई हटाउने निर्णय गरिदा उनी अनुपस्थित थिए ।