अर्घाखाँचीको नरपानीमा सार्वजनिक बहस कार्यक्रम सम्पन्न

– वीरेन्द्र केसी

 
अर्घाखाँची – स्थानीय निकायको अनुदान खर्च पुनरावलोकन तथा समुदायको संलग्नता अध्ययन प्रतिवेदन आधारमा लुम्बिनी सामाजिक विकास केन्द्रको आयोजनामा आज अर्घाखाँचीको नरपानी गाविसमा सार्वजनिक बहस कार्यक्रम गाविस भवनमा सम्पन्न भएको छ ।


स्थानीय निकायको गाविसबाट गाउँका लक्षित वर्गमा विनियोजित बजेट पारदर्शी र सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले २०६६,०६७ र २०६७,०६८ संचालित योजनाको बारेमा सार्वजनिक बहस गरेको हो । बहसमा बोल्ने अधिकांश सर्वसाधारणले परिषदमा बजेट बाँडदा राजनीतिक संयन्त्रलाई जानकारी नदिएको र आएको बजेट अनुसार काम हुन नसकेको गुनासो गरेका थिए । लक्षित वर्गमा बजेट बढाउन माग गर्दै दृघकालिन रुपमा फाईदा पुग्ने खालेको परिवर्तन सहितको बजेट विनियोजन गर्न माग गरेका थिए ।

 

बहसमा गाविस सचिव मनमोहन भटराई लगायत लक्षित वर्गमा संचालन गरिएका कार्यक्रमा संयोजक एवं अध्यक्षहरुले सर्वसाधारणले राखेको जिज्ञासा मेटाएका थिए । बहस कार्यक्रम केन्द्रका कार्यक्रम संयोजक बेदप्रसाद सापकोटा पत्रकार वीरेन्द्र केसी गणेश खनाल र प्रेमनारायण आचार्यले सरोकारवाला र सर्वसाधारणको जिज्ञासा तथा प्रश्नोत्तरको भुमिका निर्वाह गरेका थिए ।


केन्द्रका अध्यक्ष ईन्द्रमणी पौडेलको अध्यक्षता सचिव सुरज शारुको विषयवस्तु प्रस्तुतीकरण सहजकर्ता बसन्ता खनालको स्वागतमा सम्पन्न कार्यक्रमा नरपानीका ईन्द्रमणी न्यौपाने निम बहादुर विक मिना नेपाल तुलसा पुजालीपदम खत्री पार्वता भटराई लगायतको जिज्ञासा राखेका थिए ।

 

 

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.