चीनले रकेटको मद्धतबाट उपग्रह प्रक्षेपण गर्ने उत्तर कोरियाको योजना प्रति चिन्ता व्यक्त

चीनले रकेटको मद्धतबाट उपग्रह प्रक्षेपण गर्ने उत्तर कोरियाको योजना प्रति चिन्ता व्यक्त गरेको छ । बेङजिंङमा चिनियां उपविदेशमन्त्री झाङ झिजुनले उत्तर कोरियाली अधिकारीहरुलाई भेटेर चिन्ता जनाएको सिन्ह्वाले उल्लेख गरेको छ ।

 

झाङले सबै पक्ष कोरियाली प्रायद्धिपमा शान्ति कायम राख्न प्रयत्नशील रहेको भन्दै यसलाई उत्तर कोरियाले पनि बुझन जरुरी भएको बताउनु भएको थियो । उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमका अनुसार देशका महान नेता किम इल सुङको एक सयौं जन्मदिनको अवसरमा आगामी अप्रिल महिनामा रकेट प्रक्षेपण गरिदैछ ।

 

उत्तर कोरियाले रकेट प्रक्षेपण गरे त्यसलाई संयुक्त राष्ट्रसंघको प्रस्ताव उल्लंघन गरेको मानिनेछ । अमेरिकाले उत्तर कोरियाले गर्ने भनेको प्रक्षेपणलाई क्षेत्रिय सुरक्षाका लागि चुनौति भनेको छ भने रुसले उत्तर कोरियाको योजनाप्रति गंभीर चासो जनाएको छ ।

 

गत महिना मात्रै प्योङयाङले लामो दूरीको मिसायल परिक्षण रोक्न सहमति जनाएपछि अमेरिकाले उसलाई २ लाख ४० हजार टन खाद्यान्न सहयोग गर्ने जनाएको थियो ।