अर्घाखाँचीमा एसएलसीको तयारी पुरा

– प्रेमनारायण आचार्य

 
  अर्घाखाँची ५ चैत । जिल्ला शिक्षा कार्यलय अर्घाखाँचीको आयोजनामा एसएलसी परीक्षा २०६८ को बारेमा अन्तरकि्रया कार्यक्रम सम्पन्न भएको छ ।


  कार्यक्रममा चैत ७ गते देखि शुरु हुने  एस एल सी परीक्षाको बारेमा बिभिन्न निती नियम समेत बनाईएको र समपुर्ण तयारी पुरा भएको जिल्ला शिक्षा अधिकारी मित्रमणी खनालले बताउनु भयो ।


  अर्घाखाँचीबाट यस बर्ष बिभिन्न स्थानका २० वटा परीक्षा केन्द्रबाट नियमित तर्फ ३ हजार ८ सय ५६ र ईक्जाम्टेड तर्फ २ हजार १ सय ८५ गरी कुल ६ हजार ४१ जना एस एलसी परिक्षामा समाबेस हुने बिद्यालय निरीक्षक बिष्णुप्रसाद भुसालले जानकारी दिनु भयो । 


   कार्यक्रममा प्रमुख जिल्ला अधिकारी केसबराज घिमिरे प्रहरी नायब उपरिक्षक अरुण पौडेल उपसचिब नरेन्द्र बेल्बासे  नेपाली काग्रेसका जिल्ला उपसभापति हरिहर आचार्य सचिब बासुदेब आचार्य एमालेका राष्ट्रिय प्रतिनिधि परिसद सदस्य नरेन्द्र कुमार क्षेत्री नेपाल शिक्षक युनियनका अध्यक्ष यादब घिमिरे शिक्षक संघका कृष्ण पौडेल अखिल नेपाल शिक्षक संगठनका मानबहादुर पाण्डे नेपाल राष्ट्यि शिक्षक संगठनका बाबुराम आचार्य  अखिल नेपाल शिक्षक संघका अध्यक्ष कमलप्रसाद घिमिरे लगायत केन्द्राध्यक्ष शिक्षक  पत्रकार संचारकर्मि  बिभिन्न बिद्यार्थी संगठनका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । 


   कार्यक्रम शाखा अधिकृत लिलबहादुर राउतको संचालनमा सम्पन्न भएको हो ।

 


अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.