भारत उत्तर प्रदेशको हाथ्रासमा रेल र जीप जुध्दा १५ जना भन्दा बढीको मृत्यु भएको छ ।
मधु रेल्वे स्टेशनको क्रसिङ्गमा एक्स्प्रेस रेलले लिक पार गर्न लागेको जीपलाई लिकमै धिसार्दै लगेपछि दुर्घटना भएको बताइएको छ । जीपमा १७ यात्रु सवार थिए ।
विश्वमै व्यस्त रेल सेवा सञ्चालन गरिरहेको भारतमा रेल दुर्घटना सामान्य बन्न थालेका छन् । गत जुलाई महिना पनि उत्तर प्रदेशको पाटियालीमा रेलको लिक पार गर्न लागेको जन्ती बोकेको बस र रेल जुध्दा ३८ जनाको मृत्यु भएको थियो ।