एसएलसी परीक्षामा मर्यादा विपरित काम गरेको भन्दै अर्घाखाँचीमा ३ शिक्षक सहित ५० विद्यार्थी निष्काशित

– वीरेन्द्र केसी


अर्घाखाँची – एसएलसी परीक्षामा मर्यादा विपरित काम गरेको भन्दै ३ शिक्षक सहित ५० जना विद्यार्थीलाई परीक्षा केन्द्रबाट निष्काशन गरिएको छ ।


परीक्षा हलको कोठा भित्र विद्यार्थीलाई चिट चोर्न सघाएको भन्दै अनुगमन टोलीले तीन जना शिक्षक र विद्यार्थीलाई निष्काशन गरेको हो । निष्काशित पर्ने शिक्षकमा शिव मदन उच्च मावि केन्द्रबाट खबर महमद अन्सारी र सरस्वती थापा रहेका छन । त्यस्तै सरस्वती मावि सितापुर केन्द्रबाट बाबुराम बेल्वासे निष्काशित भएका छन । 

 
बेल्वासेलाई प्रमुख जिल्ला अधिकारीले र अन्सारी र थापालाई अनुगमन टोलीले मर्यादा विपरित कार्य गरेको भन्दै निष्कासन गरिएको छ । हल भित्र परीक्षार्थीले गेस पेपरबाट चिट चोराउनमा सघाएको र आफुले चिट खोस्न आग्रह गर्दा समेत अटेर गरेकाले निष्काशन गरिएको प्रजिअ केशवराज घिमिरेले बताए । निष्काशनमा परेका तीनै जना शिक्षक यस पालिको एसएलसी परीक्षामा गार्ड बस्न पाउने छैनन । उनीहरुलाई थप छानविन गरेर विभागीय कारवाही गरिने  जिल्ला शिक्षा अधिकारी मित्रमणी खनालले बताए । यसै गरी आठ केन्द्र्का ५० जना विद्यार्थीले पनि मर्यादा विपरित काम गरेकाले अग्रेजी परीक्षा रद्द भएको छ ।


 महेन्द्र विद्याबोध उच्च मावि बल्कोटबाट ६ शान्ति उमावि धारापानीबाट ८ जना नुवाकोट मावि चिदिचौरबाट ८ सुदा उमावि जुकेनाबाट ४ ज्योती उमावि ठाडाबाट ८ सरस्वती मावि सितापुरबाट १ कृष्ण उमावि मैदानबाट १३ हरिहर संस्कृत तथा साधारण उमावि केन्द्रबाट २ जना विद्यार्थी निष्काशित भएको खनालले बताए ।

 

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.