अर्घाखाँचीको ठुलापोखरा गाविसमा सार्वजनिक बहस कार्यक्रम सम्पन्न

– प्रेमनारायण आचार्य


अर्घाखाँची ७ चैत ।  स्थानीय निकायको अनुदान खर्च पुनरावलोकन तथा समुदायको संलग्नता अध्ययन प्रतिवेदन आधारमा लुम्बिनी सामाजिक विकास केन्द्रको आयोजनामा आज अर्घाखाँचीको ठुलापोखरा  गाविसमा सार्वजनिक बहस कार्यक्रम गाविस भवनमा सम्पन्न भएको छ ।


स्थानीय निकायको गाविसबाट गाउँका लक्षित वर्गमा विनियोजित बजेट पारदर्शी र सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले २०६६, ०६७ र २०६७, ०६८ साचालित योजनाको बारेमा सार्वजनिक बहस गरेको हो । बहसमा बोल्ने अधिकांश सर्वसाधारणले परिषदमा बजेट बाँडदा राजनीतिक संयन्त्रलाई जानकारी नदिएको र आएको बजेट अनुसार काम हुन नसकेको गुनासो गरेका थिए । लक्षित वर्गमा बजेट बढाउन माग गर्दै दृघकालिन रुपमा फाईदा पुग्ने खालेको परिवर्तन सहितको बजेट विनियोजन गर्न माग गरेका थिए ।


बहसमा गाविस सचिव भोजराज ताम्राकार  लगायत लक्षित वर्गमा साचालन गरिएका कार्यक्रमा संयोजक एवं अध्यक्षहरुले सर्वसाधारणले राखेको जिज्ञासा मेटाएका थिए । बहस कार्यक्रम केन्द्रका कार्यक्रम संयोजक बेदप्रसाद सापकोटा पत्रकार प्रेमनारायण आचार्य  वीरेन्द्र केसी गणेश खनाल  अम्बिका श्रेष्ठ सरोकारवाला र सर्वसाधारणको जिज्ञासा तथा प्रश्नोत्तरको भुमिका निर्वाह गरेका थिए ।


केन्द्रका अध्यक्ष ईन्द्रमणी पौडेलको अध्यक्षता सचिव सुरज शारुको विषयवस्तु प्रस्तुतीकरण सहजकर्ता बसन्ता खनालको स्वागतमा सम्पन्न भएको हो ।

 


अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.