ग्वाटेमालाका दक्षिणपन्थी अर्धसैनिक पूर्व सदस्यहरुलाई १९८२ को नरसंहार मच्चाउन भूमिका खेलेको भन्दै ७७१० वर्षको जेल सजाय

ग्वाटेमालाका दक्षिणपन्थी अर्धसैनिक बलका पाँच पूर्व सदस्यहरुलाई सन् १९८२ को नरसंहार मच्चाउन भूमिका खेलेको भन्दै कुल ७ हजार ७ सय १० वर्षको जेल सजाय सुनाइएको छ ।

 

उत्तरी ग्वाटेमालाको एक ग्रामीण समुदायका मानिसको नरसंहरमा उनीहरुले सेनालाई सहयोग गरेको पाइएको थियो । उक्त नरसंहारमा मारिनेहरुमा धेरैजसो महिला र बालबालिका थिए ।

 

न्यायाधीश जाज्मिन बारिओसले नरसंहारमा मारिएका २ सय ५६ जनाको हत्यामा संलग्न रहेका ति अर्धसैनिकलाई ३०-३० वर्ष र थप ३० वर्ष मानवता विरोधी अपराध गरेकोमा सजाय सुनाएका हुन् ।

 

ग्वाटेमालामा सन् १९६० देखी सन् १९९६ बीच भएको गृहयुद्धमा २ लाख भन्दा बढी मानिस मारिएका थिए ।