गुजरात विधानसभामामा सांसद्द्वय शंकर धौधरी र जेठाभाइ भरवाडले टेब्लोइडमा अश्लील फिल्म हेरिरहेको दृष्य टेलिभिजन च्यानलहरुले कैद गरेका छन् । विधानसभा अध्यक्षले घटनाबारे संसदीय समिति बनाउँदै छानबिन आदेश दिएको टाइम्स अफ इण्डियाले जनाएको छ ।
विधानसभा अध्यक्ष भित्र प्रवेश गरिरहेकाबेला भारतीय जनता पार्टी (बिजेपी)का सांसद्द्वयले पोर्न भिडियो हेरिरहेको समाचारमा जनाइएको छ । यस घटनाले बुधबारको विधानसभामा खैलाबैला भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
कङ्ग्रेसले बैठकमै पोर्न हेरेर संसद्को अपमान गर्ने घटनाको छानबिन माग गरेको छ । पोर्न भिडियो आरोपित सांसद् चौधरीले कङ्ग्रेसले ‘अनावश्यक’ राजनीतिक गरेको आरोप लगाउँदै अस्वीकार गरेका छन् ।
यसअघि फेब्रुअरी ७ मा कर्नाटकका तीन मन्त्रीले विधानसभा बैठक चलिरहेकाबेला मोबाइलमा पोर्न भिडियो हेरेका थिए । तीन मन्त्री लक्ष्मण सवाडी, सीसी पाटिल र कृष्णा पालेमरले घटना सार्वजनिक भएपछि राजीनामा दिएका थिए ।