क्यूवामा पछिल्ला केही वर्षमा मानवअधिकारको स्थिति चिन्ताजनक बन्दै

विश्व मानवअधिकारवादी संस्था एम्नेष्टी इन्टरनेशनलले क्यूवामा पछिल्ला केही वर्षमा मानवअधिकारको स्थिति चिन्ताजनक बन्दै गएको जनाएको छ ।

 

कम्युनिष्ट सरकारविरोधी राजनीतिक दलका कार्यकर्तालाई पक्राउ गरी हिरासतमा राख्ने गरिएको र यातना दिने गरिएको मानवअधिकारकर्मीहरुले बताएको एम्नेष्टीले जनाएको छ । पोप बेनेडिक्ट क्यूवा भ्रमण जान लागेकै समयमा यो प्रतिवेदन सार्वजनिक गरिएको छ ।

क्यूवा सरकारले भने देश र अमेरिकामा रहेका सरकार विरोधीहरुले पोपको भ्रमण रोक्नका लागि यो सबै हर्कत गरिरहेको टिप्पणी गरेको छ ।