– प्रेमनारायण आचार्य
अर्घाखाँची ९ चैत । अर्घाखाँचीको सन्धिखर्कमा लैंगिक हिंसा बिरुद्ध राष्ट्रिय तथा अन्तराष्ट्रिय निती कानुन बिषयक अभिमुखीकरण कार्यक्रम आज सम्पन्न भएको छ ।
सूर्यादयमहिला बिकास बचत तथा ऋण सहकारी सस्था लिमिटेड सन्धिखर्क अर्घाखाँचीको आयोजनामहिला तथा बालबालिका कार्यलय अर्घाखाँचीको समन्वय र गलाउब को सहयोगमा लैंगिक हिंसा बिरुद्ध राष्ट्यि तथा अन्तराष्ट्रिय निती कानुन बिषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बिभिन्न सहकारीसस्था राजनितिक दलका प्रमुख तथा प्रतिनिधि महिला सरोकार वालाहरुको उपस्थिति रहेको कार्यक्रममा लैंगिक हिंसा घरेलु हिंसा लगायत का बिबिध बिषयमा प्राध्यापक तथा नेपालबार एसोसिएसनका बिजय केसीले सहजीकरण गर्नु भएको थियो ।
कार्यक्रम सूर्यादय महिला बिकास बचत तथा ऋण सहकारी सस्था लिमिटेड सन्धिखर्क अर्घाखाँचीकी अध्यक्ष कमलाभुसालको अध्यक्षतामा सम्पन्न भएको हो ।
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.