किमडाँडाका कृषकहरुद्धारा सहकारी मार्फत दुग्ध जन्य पदार्थ बिक्री, कृतिम गर्भाधानलाई सफल हुनु पर्ने माग

– प्रेमनारायण आचार्य


अर्घाखाँची १० चैत  । अर्घाखाँचीको किमडाँडा गाविसका गाई पालक कृषकहरुले सहकारी मार्फत डेयरी सचालन गरि दुग्ध जन्य पदार्थ बिक्री बितरण गर्न र कृतीम गर्भाधानलाई सफल र फलदायी बनाउने वातावण बनाई  सहयोग गर्न सम्बन्धित पक्ष संग माग गरेका छन् ।


लक्ष्मी गाई पालन दुग्ध उत्पादन बिक्री बितरण समितिले आज किमडाडा गाविसको नेपालीचौरमा गरेको गाईपालन तथा दुग्ध उत्पादन  सम्बन्धि अन्तरकि्रया कार्यक्रममा ब्यबसायीक कृषकहरुले  गाईपालन ब्यबसाय  र दुग्धजन्य पदार्थको बिक्री बितरण गर्न सम्बन्धित निकायबाट खासै पहल हुन नसकेको गुनासो समेत गरेका छन् ।


कार्यक्रममा गाई पालन र दुग्ध जन्य बस्तुको उत्पादनको बारेमा सामुदायीक पशु बिकास आयोजनाका प्रमुख डा। रेवतीमान श्रेष्ठ र जिल्ला पशु सेवा कार्यलय अर्घाखाँचीका प्रमुख डा। गोपाल गिरीले कृषकहरुलाई जानकारी गराउनु भएको थियो ।


कार्यक्रमको उदेश्य र हालको कृषकहरुको अबस्थाका बिषयमा गाईपालक अगुवा कृषक गणेश बन्जाडेले प्रकास पार्नु भएको अन्तरकि्रयामा गाई पालक कृषक जानका बन्जाडे चेतनारायण भुसाल बलराम बन्जाडे लगायतले आफुहरुले गाईपालन गर्दाका अनुभब र समस्याको बारेमा जानकारी गराउदै सहकारी मार्फत डेयरी साचालन गरि दुग्ध जन्य पदार्थ बिक्री बितरण गर्न र कृतीम गर्भाधानलाई सफल र फलदायी बनाउने वातावण बनाई  सहयोग गर्न सम्बन्धित पक्ष संग माग गेका थिए ।


गाईपालक समितिका अध्यक्ष धर्मराज भुसालको अध्यक्षता  गोकर्ण बन्जाडेको संचालन र बिष्णु भक्त रानाको स्वागत मन्तब्यमा सुरु भएको कार्यक्रममा पशु सेवा कार्यलय अर्घाखाँचीका बिष्णु पौडेल गुरुप्रसाद भुसाल तुलसी प्रकास गिरी लगायते मन्तब्य राखेका थिए ।

 



अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.