अफ्रिकी मुलुक मालीमा विद्रोही सैनिकहरुले सत्ता कब्जा गरेको दाबी गरेका छन् । राष्ट्रपति भवन कब्जा गरेको केही समय पछि नै राष्ट्रिय टेलिभिजनमा विद्रोही सेनाका प्रवक्ता लेप्टिनेन्ट अमाडोस कोनारेले मौजुदा संविधान निलम्बन गरी मुलुकभर कर्फ्यूको आदेश जारी गरेको जनाएका छन् ।
उनले राष्ट्रपति अमाडोस् टाउमानी टुरेको अयोग्य सत्ता अन्त्य गरेको घोषण गरे । भगौडा विद्रोही सैनिकले बुधवारदेखि नै सरकार समर्थित सेनामाथि आक्रमण शुरु गरेका थिए । उनीहरुले बुधबार नै सरकारी रेडियो स्टेशन र टेलिभिजन आफ्नो नियन्त्रणमा लिई प्रसारण बन्द गराएका थिए । तर हिजो सरकारी टेलिभिजनमा सार्वजिनक हुंदै विद्रोहमा उत्रिएका सेनाले प्रजातन्त्र पुनस्थापना गर्ने प्रतिबद्धता जनाएका छन् ।
विद्रोही सेनाले आलिवासी तुअरेगस् क्षेत्रमा भैरहेको संघर्षमा सरकारले पर्याप्त हतियार नदिएको अरोप लगाउदै असन्तुष्टी जनाएका थिए । केही समय अघि मात्र गठित नेशनल मुभमेन्ट फर द लिबरेशन अफ अजावाद एनएलएमए लगायतले मालीमा सरकार विरुद्ध आन्दोलन छेड्दै आएका थिए । उनीहरुले सहारास्थित आफ्नो प्राचीन तुअरेग क्षेत्र अजावाद स्वतन्त्रता भएको दाबी गर्दै आएका छन् ।
युद्धमा थुप्रै विद्रोही र सरकारी सेनाको मृत्यु भइसकेको छ । मालीमा एक महिना पछि मात्रै राष्ट्रपतिको निर्वाचन हुंदै थियो ।