चीनमा मृत्युदण्डको सजायँ पाएकाहरुबाट अंग प्रत्यारोपण गर्न बन्द गरिने

चीनमा मृत्युदण्डको सजायँ पाएकाहरुबाट अंग प्रत्यारोपण गर्न बन्द गरिने भएको छ । नयाँ नियमसँगै चीन अब अंग प्रयारोपणका लागि अंगदान गर्नेहरुमा मात्रै निर्भर रहने छ । आगामी पाँच वर्षभित्र यो नियम पूरै लागु हुने चिनियाँ अधिकारीहरुले जनाएका छन् ।

 

चीनमा मृत्युदण्ड पाएकाहरुबाट अंग प्रत्यारोपणमा दुई तिहाई भाग सहयोग रहदै आएको छ । मावनअधिकारवादीहरुले चीनमा प्रत्येक वर्ष धेरै जनालाई मृत्युदण्डको सजाय दिइने तर सरकारले औपचारिक रुपमा कुनै आंकडा नलिने बताएका छन ।

 

कैदीहरुलाई अंग प्रत्यारोपणमा बाध्य पारिएको उनीहरुको अरोप छ । तर चिनियाँ सरकारले भने आरोप अस्वीकार गर्दै आएको छ । चीनका उपस्वास्थ्य मन्त्री हुआंग जीफुले चीनका केही भागमा प्रयोग कै रुपमा अंगदानको लहर चलेको भएपनि कैदीहरुबाट अंगदान गर्ने कार्य रोक्न सरकार प्रतिबद्ध रहेको बताउनु भयो ।

 

सरकारी तथ्यांकअनुसार चीनमा प्रत्येक वर्ष करिब १५ लाख मानिसलाई अंग प्रत्यारोपणको आवश्यकता पर्छ तर केबल १० हजार मानिसलाई मात्र अंग प्रत्यारोपण सम्भव हुंदै आएको छ । मरेपछि शव गाड्दा शरिरका सबै अंग हुनु पर्ने आमविश्वासका कारण पनि प्रत्यारोपण कार्यमा मानव अंगको कमी आएको बताइएको छ ।