भारतको उडिसामा एक जना सांसद अपहरणमा परेका छन् । माओवादी अपहरणमा परेका दुई जना ईटालियन पर्यटकको रिहाईको प्रयास भईरहँदा उडिसाकै कोरापुटमा जनजाति सभासद झिना हिकाका अपहरणमा परेको मुख्य मन्त्री नवीन पटनायकले बताउनुभयो ।
उहाँले अपहरणको जिम्मा अहिलेसम्म कसैले नलिएपनि यसमा माओवादीको संलग्नता हुनसक्ने बताउनभयो । सांसद अपहरणको विषयलाई लिएर विपक्षी दलले विरोध जनाएपछि उडिसाको विधान सभाको कारवाही शनिवारका लागि स्थगित भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
राज्य सरकारले सांसद हिकाकाको अवस्थाबारे जानकारी लिने र पर्यटक रिहाईको लागि पहल भैरहेको बताएको छ । माओवादीले झण्डै दुई हप्ता अघि दुई जना ईटलीका पर्यटकलाई अपहरण गरी आफ्ना नेता कार्यकर्ताको रिहाई, माओवादी प्रभावित क्षेत्रमा सैन्य कारवाही रोक्नुपर्ने लगायतका शर्त अघि सारेका छन् ।