अर्घाखाँचीमा एक्कासी डेढ सय चरा मरे


 

– वीरेन्द्र केसी


अर्घाखाँची-  जिल्लाको डिभर्ना गाविस स्थित भैसी थला र सन्धिखर्कमा तीन दिनयता १ सय ५० जति चरा एक्कासी मरेका छन । आकाशमा उठने डाग्रे सारी जातको चरा मरेको हो । वन र घरको खेतवारीमा आकाशमा उडदै गर्दा भुईमा खसेपछि मरेको स्थानीयले बताएका छन ।


 शनिवार देखि एक दुई वटा चरा मरेको देखिएपछि एकै गाउँमा सोमबार विहान सम्म यति धेरै संख्यामा मरेका हुन । आकाशमा उडदै गर्दा र रुखमा बसेको चरा मरेर जमिनमा खसेपछि दुगन्ध फैलिने डरले गाउँलेले खाल्टो खनी गाडेका छन । एक्कासी धेरै संख्यामा चरा मरेपछि गाउँलेले जिल्ला पशु सेवा कार्यालयमा खबर गरेका थिए ।

 

मरेका चराको कारण पत्ता लगाउन पशु सेवा कार्यालयले पोखराको पशुसेवा अन्वेशषण प्रयोगशालामा परीक्षणका लागि पठाएको र त्यहाँ रोग पत्ता लाग्न नसकेपछि काठमाडौ पठाउने तयारी भैरहेको जिल्ला पशु सेवा कार्यालय प्रमुख डा. गोपाल गिरिले बताए ।

 

वर्डफुलु रोगले चरा मरेको हुन सक्ने आशंका गरिएको छ ।

 


अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.