जापानद्धारा अर्को परमाणु उर्जा स्टेशन पनि बन्द

जापानको अर्को परमाणु उर्जा स्टेशन पनि बन्द


जापानले अर्को परमाणु उर्जा स्टेशन पनि बन्द गरेको छ । गत वर्षको मार्च महिनामा आएको विनाशकारी भुकम्पपछिको सुनामीले फुकुसिमा परमाणु संयन्त्र ध्वस्त पारेको थियो ।

 

 यसपछि तत्काललाई परमाणु उर्जाको उपयोग बन्द गरिएको छ । जापानमा रहेका ५४ परमाणु रियाक्टर मध्ये अहिले एउटाले मात्र काम गरिरहेको छ ।

 

यो पनि आगामी मे महिनामा बन्द गरिंदैछ । बन्द गरिएका रियाक्टरहरु कहिले देखी पुन सञ्चालन गरिन्छ भन्ने स्पष्ट छैन ।

 

फुकुसिमा परमाणु संयन्त्र आसपासका बासिन्दाहरुले सुरक्षाका कारण बन्द गरिएका परमाणु रियाक्टरहरु फेरि सञ्चालन नगर्न माग गरेका छन् । जापानामा फुकुसिमामा भएको क्षति अघि कुल विद्युत मध्ये एक तिहाई विद्युत आणविक केन्द्रहरुबाट उत्पादन हुंदै आएको थियो ।